असोज ६ गते सञ्चालन गर्ने शिक्षक सेवा आयोगको परीक्षाको मिति परिवर्तन

काठमाडौं/१५ साउन-शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको परीक्षाको मिति परिवर्तन गरेको छ । असोज ६ गतेका लागि तोकिएको प्रावि शिक्षकको विषयगत परीक्षाको मिति सारेको हो ।


आयोगले सूचना जारी गर्दै लोकसेवा आयोगको परीक्षासँग जुधेपछि प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको असोज ६ गते सञ्चालन गर्ने खुला प्रतियोगात्मक (विषयगत) परीक्षा असोज १३ गतेका लागि सरेको जनाएको छ ।


असोज १३ गत शनिवारका दिन तोकिएकै स्थान र समयमा सञ्चालन हुने र परीक्षा सम्बन्धी अन्य व्यवस्था पुर्व सूचना अनुसार नै रहने आयोगले सूचनामा उल्लेख गरेको छ ।


यहाँबाट हेर्नुहोस सूचना :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=369&fn=%E0%A4%AA%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE%20%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%80%20.pdf