विश्वविद्यालयलाई अनिर्णयको बन्दी नबनाउन प्राध्यापकलाई प्राध्यापकहरु कै आग्रह

सुर्खेत/१३ बैशाख-मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा केही विद्यार्थी र प्राध्यापक संगठनहरुले मूल ढोकामै तालाबन्दी गरी शैक्षिक, प्रशासनिक कार्यहरु अबरुद्ध भएको भन्दै प्राध्यापकहरुले विरोध गरेका छन् ।


विश्वविद्यालयले एउटा गति समात्ने प्रयत्नमा रहेको बेला विश्वविद्यालयमा देखिएका पछिल्लो गतिविधिहरुले विश्वविद्यालय प्रति नै नकारात्मक भावना सम्प्रेरित गर्ने र विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई रहनु वाञ्छनीय नभएका भन्दै विरोध गरेको हुन् ।


विश्वविद्यालयमा रहेका नेपाल प्राध्यापक समाजका अध्यक्ष शारदा पौडेल, राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष राजेश जोशी गौतम र नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष रामप्रसाद कडेलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा तालाकन्दी नगर्न ध्यनाकर्षण गराएका छन् ।


विज्ञप्तिमा भनिएको छ करिब १० महिनासम्म मध्यपश्चिम विश्वविद्यालय सोवा आयोगमा तालाबन्दी भई भर्खरै ताला खुलेकोमा पुनः एक पछि अर्को ताला बन्दीले विश्वविद्यालयका आर्थिक, प्रशासनिक, शैक्षिक तथा भौतिक निर्माणका कार्यमा समेत प्रतिकुल असर पर्ने देखिन्छ । विश्वविद्यालयको साझा हितको लागि गरिएको कार्यहरु मध्यपश्चिम विश्वविद्यालय प्राध्यापक संघ मार्फत समस्याको उठान र सहजीकरण हुनुपर्ने भन्ने हाम्रो साझा बुझाइ रहेको छ ।


साथै प्राज्ञिक थलोमा सबैले प्राज्ञिक मर्यादाकायम गरी वार्ता र संवादका माध्यमबाट उपयुक्त निकास निकाली शैक्षिक, प्रशासनिक कार्यलाई सुचारु गर्नका लागि सरोकारवालहरुलाई आग्रह गरेका छन् ।