‘बैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका २०७९’ सार्वजनिक (हेर्नुहोस निर्देशिका)

काठमाडौं/१३ बैशाख-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘बैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका २०७९’ सार्वजनिक गरेको छ । २०७९ चैत १८ गतेदेखि कार्यन्वयनमा ल्याएपनि मन्त्रालयले आज सार्वजनिक गरेको हो ।


निर्देशिका सार्वजनिक भएसँगै एनओसीको सम्पूर्ण काम अनलाइनबाटै गरिनेछ । मन्त्रालयले अध्यागमन विभाग, बैंक, नेपालका विश्वविद्यालयहरु, राष्ट्रिय परीक्षा बोर्ड, नागरिक एप लगायतसँग अनलाइन मार्फ सम्पूर्ण विवरण (एपिआइ)इन्ट्रिग्रेड गर्नेकाम गरिरहेको छ ।


मन्त्रालयका अनुसार सबै संस्थाहरुसँग (एपिआई)इन्ट्रिग्रेड भएपछि अटोनोमस भेरिफिकेशन गरेर एनओसी अनलाईबाटै जारि गर्ने र विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् । साथै म्यानुअल भेरिफिकेशनमा पनि भेरिफिकेशन मात्रै म्यानुअल गरिने तर,एनओसी जारि अनलाइनबाटै हुनेछ ।


साथै मन्त्रालयले अहिलेसम्म एनओसी लिएका कति विद्यार्थी उच्च शिक्ष अध्ययनका लागि विदेश गए भन्ने कुनै तथ्याङ्क राख्न सकेको छैन । तर अनलाइन प्रणालिमा गइसकेपछि अध्यागमनसँग इन्ट्रिग्रेड गरिने र कति विद्यार्थी कुन देशका लागि बाहिरिए एकिन हुने बताएको छ ।


त्यसैगरी मन्त्रालयले स्विकृति पत्र सम्बन्धी कार्यमा सहजीकरण, समन्वय तथा कार्य समिक्षा गरी मन्त्रालय समक्ष सुझाब प्रस्तुत गर्न स्विकृति पत्र परामर्श समिति निर्माण गर्ने भएको हो ।


विद्यार्थी अलपत्र परे वा कुनै विदेशी देशमा युद्ध लगाएत विभिन्न प्राकृतिक प्रकोप भए वा कुनै कलेज, विश्वविद्यालयका कारण विद्यार्थीलाई अफ्ठेरो परेको खण्डमा एनओसी जारी गर्ने नगर्ने समितिले निर्णय गर्नेछ । समितिमा उच्च शिक्षा माहाशाखाका सहसचिव संयोजक रहने छन् । बाँकी सात जना सदस्य र एक जना सदस्य सचिव रहने छन् ।


समितमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक, राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १२)का परीक्षा नियन्त्रक, कानुन तथा फैसला कार्यान्वयन शाखाको मन्त्रालयको उपसचिव, शैक्षिक प्रविधि तथा विद्युतीय सुशासन शाखाको उपसचिव स्तरको एक जना, परराष्ट्र मन्त्रालयको उपसचिव स्तरको एक जना, नेपाल राष्ट्र बैंकको उपसचिव स्तरको एक जना, अध्यागमन विभागको उपसचिव स्तरको एक जना सदस्य रहने व्यवस्था गरेको छ । साथै वैदेशिक अध्ययन अनुमति शाखाको उपसचिव सदस्य सचिव रहने छन् ।


निर्देशिका जारी हनुु अघि स्वीकृति प्रदान गरीएका कार्यक्रमलाई एनओसी दिने


मन्त्रालयले निर्देशिका कार्यन्वयनमा ल्याएपछि भाषा कक्षाका लागि जाने विद्यार्थी र डिप्लोमा कोर्सका लागि जाने विद्यार्थीहरुलाई एनओसीमा रोक लगाएको थियो । मन्त्रालयको उक्त निर्णयको शैक्षिक परामर्श संस्थाहरुले विरोध गरेका थिए ।


निर्देशिकाको दफा २८ ले कक्षा बाह्र वा सो सरह उतीर्ण गरी विदेशी शिक्षण सिंस्थामा उच्च शिक्षा अध्ययनको लागि जान चाहने विद्यार्थीलाई यस निर्देशिकाको व्यवस्था र प्रक्रिया पूरा गरी निर्देशिका जारी हनुु अघि स्वीकृति प्रदान गरीएका कार्यक्रमको लागि स्वीकृति प्रदान गर्न बाधा नपर्ने उल्लेख गरेको छ ।


निर्देशिका तलको लिङ्कबाट हेर्न सकिने छ :

https://moest.gov.np/upload_file/files/post/1682514539_677254576_1682507668_900089863_FINAL%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A6%E0%A5%A4%E0%A5%A7%E0%A5%A4%20%E0%A5%AB%20NOC%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80%20%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A4%BE%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AF%20.%20(1).pdf