काठमाडौं/२० पुस-शिक्षक संगठनहरूले आफ्नो राजनीति आस्थाको साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएको भन्दै करकापमा संघसंगठनमा आवद्ध नगर्न आग्रह गरेको छ ।
परीषद्ले विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वतन्त्रता माथि अन्कुशी लगाउने कार्यहरूलाई बन्द गरी दिनका लागि जानकारी सहित अनुरोध गरेको हो । साथै कर्मचारीहरूबाट लिखित निवेदन पर्न गएको खण्डमा संस्थाको विधान बमोजिम अगाडि बढ्ने जानकारी गराएको छ ।
आज जारी गरेको परिषद्को विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा पटक पटक जानकारी गराउँदा पनि अझै धेरै विद्यालयका कर्मचारी साथीहरूबाट शिक्षकका संगठनहरूले आफ्नो राजनीति आस्थाको साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएको विषयमा हाम्रो संस्थामा जानकारी प्राप्त भएको हुँदा व्यक्तिगत स्वतन्त्रता माथि अंकुश लगाउने कार्यहरूलाई बन्द गरी दिनका लागि जानकारी सहित अनुरोध गरिन्छ । यदि कुनै कर्मचारीहरूबाट हामीलाई लिखित निवेदन पर्न गएको खण्डमा संस्थाको विधान बमोजिम अगाडि बढ्ने व्यहोरा जानकारी गराइन्छ ।’




