काठमाडौं/२१ पुस-त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा बोर्डले स्नातकोत्तर तहको प्रवेश परीक्षा सूचना प्रविधिको आधारमा कम्प्युरटर विधि मार्फत संचालन हुने भएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा शैक्षिक वर्ष २०७९/०८० का लागि स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा कम्प्युरटर विधि मार्फत संचालन हुने भएको हो ।




