काठमाडौं/१६ पुस-विद्यालय शिक्षाको विषयमा निरन्तर बहस चल्नु र विभिन्न विचार विमर्श हुनु स्वभाविक हो । तर विद्यालय तहको शिक्षामा प्रभावकारी शिक्षण सिकाइ हुनु आजको आवश्यकता हो । विभिन्न शिक्षण पद्धतिहरु विकास हुनु मात्र शिक्षामा रुपान्तरण होइन, महत्वपूर्ण त्यो हो बालबालिकाको समग्र विकासलाई ध्यानमा रखेर शिक्षण सिकाई गर्नु । यसका लागि सिकाउने व्यक्तिमा सिकाउने बिषय र अवधारणाको ज्ञान हुन आवश्यक छ । सिकाउने व्यक्तिले सिक्ने व्यक्तिलाई बुुझेको हुनुपर्छ । योसँगै शिक्षकहरु वीच सामुहिक रुपमा काम गर्ने चिन्तन र विद्यार्थीलाई सामुहिक रुपमा सिक्ने वातावरणको सिर्जना गर्न सक्नु एउटा सफल शिक्षकको प्रतिक हो । यस्तै विषय लगायत शिक्षा क्षेत्रका विभिन्न विषय वस्तुमा रहेर शिक्षाविद् तथा युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेसँग गरिएको संवाद ।
विद्यालय तहको शिक्षामा कस्तो समस्या देख्नु भएको छ ?
विद्यालय तहको पाठ्यक्रममा आवधिक परिवर्तनको खाँचो छ । पाठ्यक्रम परीवर्तन गर्न बिसाँै वर्ष पर्खनु राम्रो अभ्यास होइन । कम्तीमा पनि पाँच(पाँच वर्षमा पाठ्यक्रम अपडेट गर्नै पर्छ । यसलाई नियमित अभ्यासको रुपमा प्रयोग गरियो भने पाठ्यक्रममा रहेको समस्या हट्छ । अहिले सबै भन्दा ठुलो समस्या भनेको एउटा शिक्षकले पाठ्यक्रमलाई जसरी कक्षामा पस्किनु पर्ने हो त्यसरी पस्किरहेको देख्दिन । शिक्षकले विद्यार्थीको सिक्ने शैलि, सिक्ने गति, उसको बहुवौद्विकता, उसको संस्कृति, उसको पूर्व ज्ञान, अनुभव र बुझाइ अनि उसको पृष्ठभूमिको आधारमा सिकाउनु पर्छ । सिकाइ र विद्यार्थीको सिक्ने शैलि मिल्नु पर्छ । सिकाइ विद्यार्थीको बहुवौद्विकता अनुसारको हुनुपर्छ । सिकाइलाई विद्यार्थीको संस्कृति र पृष्ठभूमिले प्रभाव पार्छ । शिक्षकले यो कुरा बुझ्नुपर्छ । सिकाइ विद्यार्थीको पूर्व ज्ञान, अनुभव र बुझाइसँग जोडिएको हुनुपर्छ । कक्षाकोठाको सिकाइको सम्बन्ध विद्यार्थीको जीवन र जगतसँग जोडिएको हुनुपर्छ । शिक्षकले सिकाउँदा सिकाउने सामाग्री, विषय, सिकाइ प्रकिया र सिकाइको मूल्याङ्कनमा डिफरेन्सिएट गर्नुपर्छ । तब मात्र सिकाइ प्राकृतिक र मानविय हुन्छ । विद्यालय तहको सिकाइमा यसो भै रहेको छैन ।
विद्यार्थीको सिक्ने शैलि जस्तो सुकै होस्, शिक्षकको सिकाउने शैलि एउटै छ । विद्यार्थीको बहुवौद्विकता जस्तो सुकै होस्, सिकाउने शैलि एउटै छ । विद्यार्थी जति सुकै फरक संस्कृति र पृष्ठभूमि भएका हउन, सिकाउने तरिका एउटै छ । विद्यार्थीको पूर्व ज्ञान अनुभव र बुझाइ जे सुकै होस्, सिकाइको प्रस्थान विन्दु एउटै हुन्छ । हामी शिक्षकले पाठ्यक्रम चिन्यौँ , विद्यार्थी चिन्न् सकेनौँ । जसलाई सिकाउनु पर्ने हो उसलाई नचिनिकन सिकाइएको छ । यस्तो सिकाइ अर्थपूर्ण हुँदैन । यो नै विद्यालय शिक्षाको मूल समस्या देखेको छु ।
पछिल्लो समय गुणस्तरीय शिक्षासँग जोडिएर धेरै कुरा आइरहेका छन् जस्तैः सिप सहितको शिक्षा, व्यवहारिक शिक्षा, संस्कार सहितको शिक्षा र यी सँगसँगै प्रोग्रेसिभ शिक्षा, ब्रिटिस पाठ्यक्रमका कुरा लगायत विविध कुराहररुको चर्चा हुने गर्छ र अभ्यास भइरहेको छ । यसको अर्थ हाम्रो विद्यालय शिक्षा कता जाँदै छ ?
तपाईले माथि भत्रु भएको सबै कुरा हाम्रो राष्ट्रिय पाठ्यक्रमको फ्रेमवर्क भित्र रहेर प्रदान गर्न सकिन्छ । यसको लागि अरु देशको पाठ्यक्रमको पछि लागि रहनु पर्दैन । हाम्रो पाठ्यक्रमले यी सबै कुरा गर्न रोकेको छैन । यहि पाठ्यक्रमको फ्रेमवर्क भित्र रहेर विश्व स्तरको गुणस्तरीय शिक्षा दिन सकिन्छ । अन्य देशको दाँजोमा हामी कतै गैरहेका छैनौं । आफ्नै पाठ्यक्रम भित्र रुमल्लिरहेका छौँ । शिक्षकलाइ दक्ष बनाउन सकियो भने यहि पाठ्यक्रमले चाहेको जस्तो सिकाइ र सीप विकास गराउन सकिन्छ । शिक्षकलाई दक्ष बनाउने कुरामा हामी पछि परेका छौँ । अहिलेको तयारी, अभ्यास र तालिमले शिक्षकलाई दक्ष बनाएन ।
त्यसो भए सिप सहितको शिक्षा, व्यवहारिक शिक्षा, संस्कार सहितको शिक्षा लगायत प्रोग्रेसिभ शिक्षाका विषयमा उठेका सवाल के हुन त ?
केटाकेटीलाई विद्यालय पठाए पछि विद्यालयले हामी अङ्क सिकाउँछौ, अक्षर सिकाउँछौ, बोल्न सिकाउँछौ भनेर भनिरहनु पर्दैन, यो त स्वतः गर्नुपर्ने कुराहरु हुन् । शिक्षा भनेपछि सिप सहितको शिक्षा, व्यवहारिक शिक्षा, संस्कार सहितको शिक्षा स्वतः आउँछ, आउँनुपर्छ । यो पनि भनिरहनु पर्छ जस्तो लाग्दैन । कुनै पनि अभिभावकले आफ्नो छोरी वा छोरा विद्यालयमा पठाउँदा सिप सहितको शिक्षा, व्यवहारिक शिक्षा, संस्कार सहितको शिक्षाको अपेक्षा गरेरै पठाएका हुन्छन् । विद्यालयले सिप सहितको शिक्षा, व्यवहारिक शिक्षा, संस्कार सहितको शिक्षा दिनैपर्छ ।
अहिले शसक्त रुपमा प्रोग्रेसिभ शिक्षाको कुरा उठेको छ । यो चाँहि राम्रो कुरा हो । नेपालमा पूर्ण रुपमा प्रोग्रेसिभ शिक्षा अबलम्बन गर्ने विद्यालयको सङ्ख्या निकै कम छ । प्रोग्रेसिभ विद्यालय र प्रोग्रेसिभ शिक्षण सिकाइको अभ्यास गर्ने विद्यालय वीच धेरै फरक छ । केहि विद्यालयहरूले प्रोग्रेसिभ शिक्षण सिकाइ क्रियाकलाप अपनाउनु भएको छ । यसको अर्थ ती विद्यालयहरू पूर्ण रुपमा प्रोग्रेसिभ विद्यालयहरू होइनन् । अभ्यास प्रोग्रेसिभ हुनु र विद्यालय प्रोग्रेसिभ हुनु धेरै फरक कुरा हुन् । प्रोग्रेसिभ विद्यालय बत्रे कुराको प्रस्थानविन्दु चाँहि प्रोग्रेसिभ शिक्षण विधि बाटै हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । केहि नीजि विद्यालयहरुले यसको थालनि गरेका छन् । सरकार र स्थानीय निकायहरूले पनि यस्तो अभ्यास शुरु गर्नु जरूरी छ । ढिलो वा चाँढो हामीले जाने बाटो भनेकै प्रोग्रेसिभ शिक्षण सिकाइको बाटो नै हो ।
विद्यालय तहको शिक्षामा रुपान्तरणका कुरा उठिरहेका छन्, अब विद्यालय रुपान्तरणका लागि कहाँबाट सुरु गर्नु पर्छ जस्तो लाग्छ ?
अब सार्वजनिक शैक्षिक संस्थाहरूमा अपवादमा बाहेक भौतिक संरचनाको कमि छ जस्तो लाग्दैन । विद्यालय शिक्षा स्थानिय निकाय अन्तर आए पछि अन्य श्रोत साधन उपलब्ध गराउने कुरामा सहजता हुन्छ नै । यो स्थानिय सरकारको दायित्व र कर्तब्य दुबै हो । केहि स्थानिय सरकारहरूले यसमा काम शुरु पनि गरेका छन् । अब रुपान्तरण शिक्षक शिक्षामा गर्नुपर्छ । शिक्षक उत्पादन गर्ने संस्थाहरू रुपान्तरित हुनुप¥यो । जसरी शिक्षक तयारी गरिँदै आएको छ, त्यहाँ परीवर्तन गर्नुप¥यो । त्यसले काम गरेन । शिक्षक छनोट परीक्षाको नतिजा हेनुहोस् त१ के हालत छ ? अब हामीले शिक्षामा रुपान्तरण गर्ने हो भने शिक्षकको तयारी बाटै थाल्नुपर्छ । अन्य देशले कसरी शिक्षकको तयारी गरेका छन् ? सिकाँै । हाम्रो शिक्षकको तयारी नै पुगेन ।
युरोपियन विश्वविद्यालयहरूले हरेक वर्ष आठ हप्ता अभ्यास शिक्षण गर्नु पर्ने र चार वर्षको अन्त सम्ममा करिव ३२ हप्ता त अभ्यास शिक्षण गराएरै सिकाउँछन् । हाम्रो जस्तो ४५ दिन वा ६० दिनको अभ्यास शिक्षण सके पछि डिग्रि दिने होइन । उनीहरूको अभ्यास शिक्षण निकै व्यवस्थित पनि छ । विद्यार्थीले अभ्यास शिक्षण गर्दा कोसँग गरेको हो ? उसको पनि मूल्याङकनमा भूमिका हुन्छ । हाम्रो जस्तो अन्तमा एक दिन गएर कक्षा अवलोकन गरेर मूल्याङकन गर्ने होइन ।
विद्यालय रुपान्तरणका लागि हामीले हाम्रो विद्यालयको सिकाउने विधि के हो? सिक्ने विधि के हो? निक्र्योल गर्नुपर्छ । मैले भन्न खोजेको के हो भने अब हामीले आजसम्म परम्परागत शैलीले पढायौँ । त्यो शैलीले खासै परिवर्तन गर्न सकेन । भनेपछि हाम्रो सिकाउने शैली नै परिवर्तन गर्न पर्यो । अब प्रोग्रेसिभ शिक्षण सिकाइमा जानुपर्छ ।
भनेपछि सरकारले नीति बनाउँदा नै प्रोग्रेसिभ शिक्षण पद्धति लागू गर्ने गरि नीति बनाउँनु पर्यो ?
नीति बनाउनु आफ्नो ठाउँमा छँदै छ, श्क्षिकको तयारी पनि त्यस प्रकारले गर्नुप¥यो भत्रे मेरो बुझाइ हो ।
अहिले जसले आफुले प्रोग्रेसिभ विद्यालय भन्ने गरेका छन् र आफुलाई उत्कृष्ट विद्यालय भनिरहेका छन् र त्यो संख्या एकदमै कम छ । के ति विद्यालय प्रोग्रेसिभ विद्यालय होइनन् ?
मैले अघि नै भनिसकँे कि हामी कहाँ प्रोग्रेसिभ विद्यालय निकै कम छन् । केहि विद्यालयहरूले आफूलाई प्रोग्रेसिभ भनिरहनु भएको छ । उहाँहरूको विद्यालयको क्रियाकलाप र नीति नियम हेर्दा उहाँहरुको शिक्षण अभ्यास प्रोग्रेसिभ देखिन्छ तर विद्यालय नै प्रोग्रेसिभ भने होइन । विद्यालय नै प्रोग्रेसिभ हुनु र प्रोग्रेसिभ अप्रोच अनुसरण गर्नु फरक कुरा हुन् । अप्रोच अनुसरण गर्दैमा विद्यालय प्रोग्रेसिभ हुँदैन । प्रोग्रेसिभ विद्यालयको शिक्षण मात्र प्रोग्रेसिभ हुने होइन । त्यसको नेतृत्व शैलि, नीति –नियम, अभ्यास, संस्कार सबै प्रोग्रेसिभ हुनुप¥यो । आफूलाई प्रोग्रेसिभ विद्यालय भत्रे अनि वर्षमा चारवटा त्रैमासिक परीक्षा लिने, वर्ष भरीमा ३२ दिन परीक्षा लिन मात्र खर्च गर्ने, विद्यालयमा विद्यार्थी–विद्यार्थी विच प्रतिस्पर्धा गराउने, सिकाइमा पुरस्कार र दण्डको प्रयोग गर्ने, प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने अभ्यासले द्वैध चरित्र देखाउँछ । सबै प्रोग्रेसिभ अप्रोच अपनाउने विद्यालयहरू प्रोग्रेसिभ विद्यालय होइनन् । सबै ट्रेडिसनल अप्रोच अपनाउने विद्यालय पनि ट्रेडिसनल विद्यालय होइनन् । ट्रेडिसनल विद्यालयको सिकाइ अप्रोच पनि प्रोग्रेसिभ हुनसक्छ ।
विद्यालय शिक्षामा परीक्षाको प्रयोग चाहिने भन्दा बढि प्रयोग भएको पाईन्छ । अनि विद्यार्थीले सिकेको कुरा आवधिक रुपमा लिखित रुपमा मात्र जाँचिन्छ । प्रोग्रेसिभ शिक्षामा सिकाइ कसरी जाँचिन्छ ?
विद्यार्थीको सिकाइ जाँच्नको लागि तीन घण्टाको लिखित परीक्षा त्रैमासिक, अर्ध वार्षिक र वार्षिक परीक्षा रुपमा लिने अभ्यास छ । हाम्रोमा सबै विद्यालयहरूको अभ्यास केहि तल माथि होला, नत्र आम अभ्यास यहि हो । एउटा विद्यालयमा चारवटा सम्म त्रैमासिक परीक्षा लिईन्छ । एउटा त्रैमासिक परीक्षा सञ्चालन गर्न कम्तिमा ८ दिन खर्च हुन्छ । वर्ष भरीमा चारवटा परीक्षाका लागि ३२ दिन खर्च हुन्छ । परीक्षाको एक दिन अगाडी पछाडी पनि विदा दिएको गन्ने हो भने त्यो भन्दा बढी नै हुन्छ । यसरी एउटा विद्यार्थी कक्षा १ मा भर्ना भएर कक्षा १० बाट दिक्षित हुँदासम्म ३२० दिन परीक्षा मात्रै दिँदोरहेछ । यो समय भनेको वर्ष भरिमा परीक्षाको समय कटाएर १६० दिन कक्षा सञ्चालन हुन्छ भत्रे मात्रे हो भने करिब दुइ वर्षको समय रहेछ । दश वर्ष पढ्दा दुई वर्ष परीक्षामा मात्र खर्च गर्ने अभ्यास कस्तो अभ्यास हो ? यो त अति भएन ?
विद्यार्थीको सिकाइ सिक्दै गर्दा जाँच्दै जाने हो । विद्यार्थीले सिकेको कुरालाई परीक्षण गर्न एउटा तरीका होइन दश वटा तरीकाले गर्न सकिन्छ । लिखित परीक्षा मात्र त्यसको अस्त्र होइन । एउटा विद्यार्थीको सिकाइ उसको व्यवहार अबलोकन गरेर, उसँग अन्तरक्रिया गरेर, उसले जानेको कुरा थ्रिडि मोडेल र डायोरामा बनाउन लगाएर, चित्र कोर्न लगाएर, चिठी कविता आदि लेखेर, नाटक प्रस्तुत गर्न लगाएर, रिफ्लेक्टीभ जर्नल लेख्न लगाएर पनि जाँच्न सकिन्छ ।
त्यसो हो भने प्रोग्रेसिभ विद्यालय बन्नका लागि कुन कुन मापदण्ड पुरा गर्नुपर्छ ?
त्यस्तो लिखित मापदण्ड केहि छैन । यो एउटा शिक्षाको दर्शन हो । मूल्य मान्यता हो । अभ्यास हो । सिकाइ संस्कृति हो । सिकाउने शैलि हो । एल्फी कोनका अनुसार मूलभुत रुपमा तलका आठ वटा बुँदाले प्रोग्रेसिभ अप्रोच समेटेको हुन्छ । प्रोग्रेसिभ शिक्षकहरू वालवालिकाको समग्र विकासलाई केन्द्रमा राख्छन् । सिकाइ एक्लै हुँदैन, सिकाइ समूदायमा हुन्छ । सिकाइ एक अर्कासँग अन्तरक्रिया र सहकार्य गरेर हुन्छ । सिकाइमा सामाजिक न्याय जोडिन्छ । सिकाइमा प्रेरणा त दिईन्छ तर त्यस्तो प्रेरणा दिँदा पुरस्कार र दण्डको प्रयोग गरिँदैन । सिकाइ गहिरो हुन्छ । सिकाइ सकृय हुन्छ । सिकाइमा वालवालिकाको सोच र विचारलाई गम्भीर रुपमा लिईन्छ ।
प्रोग्रेसिभ शिक्षकहरू बालबालिकालाई विषय मात्र सिकाउँदैनन् । जिवन जिउन पनि सिकाउँछन् । विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिन्छन् । विद्यार्थीहरूको समग्र विकास भनेको संज्ञानात्मक विकास हुनैपर्यो । उसको शारिरीक विकास हुनुप¥यो । सामाजिक विकास हुनुप¥यो । संवेगात्मक विकास हुनुप¥यो । उसको सञ्चार कौशल , रचनात्मक चिन्तन सोच र समस्या समाधान कौशल विकास हुनुप¥यो । प्रोग्रेसिभ शिक्षण पद्धतिमा विद्यार्थीलाई असल सिकारु मात्र बनाउने होइन । असल नागरिक पनि बनाउँने हो । अरुको कुरा सुत्रे, अरुको विचारलाई सम्मान गर्ने, आफ्नो विचार राख्ने, फरक सोच र विचार हुन्छ भत्रे कुरा स्विकार गर्ने, नियममा बस्ने, नियम पालना गर्ने, विविधतालाई स्विकार गने, आफु, आफ्नो परीवार, समूदाय भन्दा बाहिर गएर सोच्ने नागरिक बनाउँने हो । यसको लागि विद्यालयहरूले समय छुट्याएका हुन्छन । सिकाइको दौरान यस्तो अभ्यास गराएका हुन्छन ।
हामीले हाम्रो विद्यालयको समयसारिणी हेरौँ । के विषयलाई महत्व दिइएको छ ? हाम्रो समयसारिणीले बताउँछ । आठ पिरिएडमा आठै पिरिएड विषय पढनु पर्ने भयो भने संज्ञानात्मक विकासमा ध्यान दिइयो । विद्यार्थीको शारीरिक विकासको लागि समय खै ? कसरी उनीहरूको शारीरीक विकास गराउने ? विद्यालयमा विद्यार्थीको संवेगात्मक विकास गर्ने मौका छ त ? हामीले हेरयौं भने विद्यालय भित्रको महत्वपूर्ण समय हामीले पढ्ने लेख्ने कुरालाई मात्र दिन्छौँ । विद्यार्थीको सामाजिक, संवेगात्मक विकासलाई मुख्य समय छैन । एउटा विद्यार्थीले आफ्नो खुसि, दुःख, डर, घृणा, रिस, आश्चर्य कसरी व्यक्त गर्ने ? कोसँग व्यक्त गर्ने ? कहिले व्यक्त गर्ने ? कसरी व्यक्त गर्न सिक्ने ? यसको लागि विद्यालयले के गरेको छ ? हेर्नुपर्छ । यसको लागि समय र श्रोत छ कि छैन ? छैन भने विद्यार्थीको सवेगात्मक विकास कसरि हुन्छ त ? विद्यार्थीले आफुलाई मन लागेको वा रुचि लागेको विषयमा अध्ययन गर्न पाउने मौका पाएका छन् कि छैनन् ? विद्यालयले “जिनियस आवर” को व्यवस्था गरेको छ कि छैन ? सिकाइमा अन्तरक्रिया र सहकार्य गराइएको छ कि छैन? धेरै कुरा आउँछन् ।
प्रगतिशिल शिक्षण पद्धति भनेको सिकाई समुदायमा हुन्छ भन्ने हो । सिकाई एक्ला एक्लै हुँदैन । विद्यार्थीले एक अर्कासँग सिक्छन् । यसको लागि फरक सिकाइ वातावरण र फरक सिक्ने वातावरण निर्माण गर्नुपर्छ । विद्यार्थीको बसाइ समूहमा हुन्छ । एक्ला एक्लै बस्दैनन् । समूहमा छलफल गर्ने, समूहमा अन्तरक्रिया गर्ने, समूहमा समाधान खोज्ने, समूहमा नै सिकेको कुरा व्यक्त गर्ने परिपाटी हुन्छ । त्यसैले यस्ता विद्यालयहरूमा हार्कनेस टेबल (राउण्ड टेबल) को व्यवस्था गरिएको हुन्छ जसले गर्दा विद्यार्थी विद्यार्थी वीच अन्तरक्रिया गराउन सकियोस् । विद्यार्थी विद्यार्थी वीच सिकाइमा प्रतिस्पर्धा हुँदैन । गराईदैन । त्यसैले प्रोग्रेसिभ विद्यालयहरूमा प्रथम, द्वितिय आदि सिकाइको दर्जा छुट्याईदैन ।
सिकाइलाई पाठ्यपुस्तकसँग मात्र जोडिदैँन । सिकाइलाई जीवन र जगतसँग जोडिन्छ । जस्तैः गणितको शिक्षकले नाफा घाटा सिकाउँदै हुनुहुन्छ भने त्यो बोर्डमा मात्रै सिकाउनु हुत्र । वास्तविक रुप मै सामान किनवेच गराएरै सिकाउनु हुन्छ । हाइड्रोजन ग्यास चक बोर्डमा बनाएर सिकाउनु हुत्र । विज्ञानको प्रयोगशाला मै लगेर बनाउन सिकाउनु हुन्छ । पानी प्रदुषण किताबमा के लेखेको छ त्यसको व्याख्या गरेर सिकाउनु हुत्र । खोलाको किनारैमा लगेर अबलोकन गराएर, त्यहाको मान्छेसँग अन्तरक्रिया गराएर सिकाउनु हुन्छ ।
सिक्ने कुरालाई शिक्षकसँग सिमित हुँदैन । पाठ्य पुस्तकसँग सिमित हुँदैन । कक्षा कोठामा सिमित हुँदैन र विद्यालयमा सिमित हुँदैन ।
सामाजिक न्याय प्रोग्रेसिभ शिक्षाको अर्काे महत्वपूर्ण विशेषता हो । सिकाइमा विद्यार्थीको लिङ्ग, जात, धर्म, उसको सामाजिक, सांस्कृतिक, आर्थीक पृष्ठभूमि आदिको प्रभाव हुँदैन । माथीको आधारमा विभेद गरिँदैन । गरिनु हँुदैन । गरियो भने यो समाजिक अन्याय हो । एउटा लिङ्ग, एउटा जात, एउटा धर्म, एउटा वर्ग , एउटा संस्कृतिलाई मह्त्व दिएर अर्काेलाई महत्व नदिने अभ्यास हँुदैन । मानौँ तपाइले दशैमा शुभकामना दिनुहुन्छ भने अन्य धर्मको चाड पर्वमा पनि शुभकामना दिनु प¥यो । विद्यालयमा एउटा जातको पर्व मनाउनु भयो भने अन्य जातका विद्यार्थीको पर्व पनि मनाउनु प¥यो । कि सबै को गर्नुप¥यो, कि कसैको पनि गर्नु भएन भत्रे यसको मर्म हो । हरेक विद्यार्थीको आफ्नै सिक्ने शैलि हुन्छ । आफ्नै सिक्ने गति हुन्छ । प्रोग्रेसिभ शिक्षकहरूले यसलाई आत्मसात गरेका हुन्छन् । सबैले एउटै तरिकाले सिक्दैनन् त्यसैले शिक्षकहरूले डिफरेन्सिएटेड ईन्ष्ट्रक्शन प्रयोग गर्छन । सबैको सिक्ने एउटै गति हुँदैन त्यसैले सिक्नको लागि समय दिन्छन ।
प्रोग्रेसिभ शिक्षामा पुरस्कार र दण्डको प्रयोग गरिँदैन । प्रोग्रेसिभ शिक्षकहरूले आन्तरिक प्रेरणा दिन्छन । भौतिक प्रेरणा क्षणिक हुने हुँनाले विद्यार्थीलाई भित्रैदेखि लामो समयसम्म सिकाइमा प्रेरणा दिन आन्तरिक प्रेरणाले काम गर्छ । त्यसैले प्रोग्रेसिभ विद्यालयहरूले पुरस्कारमा पैसा खर्च गर्दैनन् । पुरस्कारको सट्टा खेल खेलाउने, कुराकानि गर्ने, मन लागेको काम गर्न दिने आदिको प्रयोग गर्छन । जब हामी पुरस्कारको लागि सिक्छौँ, पुरस्कार पाउँन जति सिक्नु पर्ने हो त्यति मात्र सिक्छौँ । यसले प्रेरणा त दिन्छ तर यस्तो प्रेरणा सतहि हुन्छ ।
विद्यालय तहको शिक्षा स्थानीय तहमा गएको अवस्थामा प्रोग्रेसिभ शिक्षण पद्धति लागू गर्न महँगो हुन्छ भन्ने धारणा छ । के स्थानीय तहहरुमा यसलाई लागू गर्न सम्भव छ ? र कसरी ?
सिकाइ महँगो र सस्तो हुने कुरा कसरी सिकाइएको छ रु भत्रे कुराले निक्र्याेल गर्छ । शिक्षक विद्यार्थी अनुपात, शिक्षकको पे(स्केल, शिक्षकको कामको भार, सिकाइमा प्रविधिको प्रयोग, सिकाउने विधि, शैक्षिक सामाग्री, सिकाइलाई कक्षाकोठा भित्र सिमित गर्ने कि कक्षाकोठा बाहिर पनि लैजाने, सिकाइ पाठ्य(पुस्तकमा सिमित गर्ने कि सिकाइलाई पाठ्यपुस्तकभन्दा बाहिर लैजाने, विद्यार्थीको सिक्ने शैलि र उसको वौद्विकता अनुसार सिकाउने कि “वान साइज फिट्स अल” मोडेलले सिकाउने, विद्यार्थीको संज्ञानात्मक ज्ञानमा मात्र ध्यान दिने कि विद्यार्थीको समग्र विकासमा ध्यान दिने, विद्यार्थीलाई खान खुवाउने कि नखुवाउने आदि कुराले सस्तो र महँगो बनाउँछ । कसैले न कसैले तिर्न त पर्छ नै । कि अभिभावक ले तिर्नु प¥यो कि राज्यले । सिकाइमा रुपान्तरण गर्ने हो भने अब शिक्षामा लागत बढाउन पछि हट्नु हूत्र । सार्वजनिक शैक्षिक संस्थाहरूलाई सबै वर्गका विद्यार्थीको सिक्ने थलो बनाउनु पर्छ । सार्वजनिक शिक्षालयहरूमा सिकाइ सुधार गर्न लगानि बढाउनु प¥यो । यस्तो लगानि सिकाइ सुधारको काममा र शिक्षकको पेशागत दक्षता विकासमा बढाउनु पर्छ ।
एउटा शिक्षक ले ५० जना विद्यार्थीलाई सिकाउनु पर्ने, दिनमा सात पिरिएड पढाउनु पर्ने, खान र लाउन पनि नपुग्ने तलब, सिकाइमा चक र टकको मात्र प्रयोग, सिकाइलाई कक्षाकोठा र पाठ्यपुस्तकमा सिमित राख्ने, पढ्ने भनेको किताब मात्र हो र सिक्ने भनेको परीक्षा पास गर्न मात्र हो भत्रे मान्यता राखेर सिकाउन थालियो भने प्रोग्रेसिभ शिक्षा सम्भव छैन । यो अभ्यास भन्दा माथि उठेर सिकाउन थालियो भने लागत बढछ नै । अब सिकाइ राम्रो र गुणस्तरिय बनाउँदा महगो भयो भनेर कमसल सिकाइलाई निरन्तरता दिने कुरा पनि हुँदैन । यो कुरा सबैले बुझ्न जरुरी छ । राज्यले यस्तो असल काममा खर्च गर्न डराउनु हुँदैन । यो पुस्ता बनाउने कर्म हो । पुस्ता बनाउन सकियो भने देश त्यहि पुस्ताले बनाउँछ ।
विद्यार्थीका लागि शिक्षक कस्तो बन्ने ?
विद्यालय भनेको बालबालिकाको सिकाइको केन्द्र मात्रै होइन । विद्यालय भनेको बालबालिकाको पनि सिकाइको केन्द्र हो र सँगै बयस्कहरुको पनि सिकाइको केन्द्र हो । हाम्रा विद्यालयहरू आजसम्म बयस्कहरुको सिकाइको केन्द्र बन्न सकेनन् । विद्यार्थीले सिके जस्तै शिक्षकले पनि नियमित सिक्नुपर्छ । म त के भन्छु भने अब सरकारले विद्यालय विद्यार्थीको लागि हप्तामा पाँच दिन मात्र खोल्ने नियम लागु गर्नुपर्छ । विद्यार्थीले हप्तामा ५ दिन सिक्छन, एक दिन सिकेको कुरा वा आफुलाई गर्न मन लागेको काम गर्न पाउँछन् । शिक्षकको लागि छ दिन खोल्ने । विद्यार्थीले हप्तामा ५ दिन सिक्छन् । शिक्षकले हप्तामा ५ दिन सिकाउँछन् र एक दिन विद्यालय आएर आफै सिक्छन् । त्यो सिकाइ सहकर्मी साथीसँग पनि गर्न सकिन्छ । कुनै श्रोत व्यक्ति बोलाएर पनि गर्न सकिन्छ । कार्यशाला सञ्चालन गरेर पनि गर्न सकिन्छ । अन्य विद्यालयका साथीहरुसँग अन्तरक्रिया गरेर पनि सिक्न सकिन्छ । विश्वविद्यालयका प्रोफेसरहरूलाई आमन्त्रण गरेर पनि सिक्न सकिन्छ । अहिलेको डिजिटल युगमा सबै कुरा सम्भव हुन्छ । गर्न सकिन्छ । यसो गर्न सकियो भने शिक्षक जहिल्यै अपडेट हुन्छन् । हाम्रा शिक्षकहरूको लागि आफुले सिक्ने समय दिन सकिएको छैन । जसले सिकाउनु पर्ने हो, उसले सिक्नै पाएको छैन भने उसले सिकाउने कुरा कसरी गुणस्तरीय हुन्छ ?
शिक्षकहरुलाई निरन्तर तालिम दिने, पेशागात अवसरहरु दिनुपर्छ । म सरकारलाई हरेक विद्यालयले वर्ष भरीमा जती पैसा कमाउँछन् वा जति बजेट प्राप्त गर्छन, त्यसको केही प्रतिशत तोकेर शिक्षकको तालिममा खर्च गर्नुपर्ने व्यवस्था अनिवार्य लागु गर्न आग्रह गर्छु । शिक्षकको पेशागत दक्षता विकासमा खर्च गर्नुपर्ने अनिवार्य कानुन भयो भने मात्रै अपडेटेड शिक्षक पाइन्छ । विद्यालयहरुले बच्चाको विकासको साथसाथै काम गर्ने शिक्षकहरुको पनि विकासमा निरन्तर ध्यनदिनु पर्छ । एक वर्ष पढाएको शिक्षकले अर्को वर्ष पढाउने शैलिमा फरक हुनुपर्छ । एउटै योजना बनाएर किताब परिवर्तन नभएसम्म पढाउने हो भने शिक्षकको अनुभवले काम गर्दैन । तसर्थ तालिम निरन्तर रुपमा चाहिन्छ र शिक्षक अपग्रेड हुनु अनिवार्य छ । शिक्षकलाई जुन हिसाबले विकास गर्नुपर्ने हो त्यो वातावरण छैन । अलिअलि देखावटी एडभोकेसी तालिमहरु भएका छन् तर त्यसले शिक्षकको क्षमतामा विकास भएको छैन ।
सार्वजनिक विद्यालयलाई प्रगतिशिल शिक्षण पद्धतिबाट पठनपाठन हुने विद्यालय बनाउन सम्भव छ की छैन ? कसरी परिवर्तन गर्ने ?
सार्वजनिक विद्यालयलाई प्रगतिशिल शिक्षण पद्धतिबाट पठनपाठन हुने विद्यालय बनाउन सम्भव छ । सिंगापुरले सम्भव बनाएको छ । फिनल्यण्डले सम्भव बनाएको छ । अन्य धेरै देशहरुले गरिरहेका छन् । हामीले गर्न नसकिने भन्ने छैन । राज्यको तत्परता चाहिन्छ । सरकारले नीति नै परीवर्तन गरेर अन्त जागीर गर्न नपर्ने गरी, घर धान्न र छोराछोरी पाल्न, समाजमा प्रतिष्ठा कायम राख्नका लागि पुग्नेगरी शिक्षकलाई सेवा सुविधा दिनुपर्छ । त्यसकारण शिक्षकलाई इज्जतसाथ बाच्न पुग्नेगरी तलबको व्यवस्था गर्न सकियो भने सार्वजनिक विद्यालयको सुधार गर्न सकिन्छ । अहिले पनि धेरै सार्वजनिक विद्यालयहरु राम्रा भइसकेका छन् । राज्यले शिक्षकको विकासमा ध्यान दिए पुग्छ ।
सिकाइमा हाम्रो अभ्यास कस्तो रहेछ भने इक्वालिटीलाई बढी प्राथमिकता दिएका रहेछौँ । इक्वालिटी भनेको मानौँ कक्षा ५ का विद्यार्थीलाई गणित विषयको शिक्षकले एउटालाई जे कार्य दिएको छ सबैलाई त्यहि कार्य दिएका हन्छन् । एउटा विद्यार्थीलाई जसरी पढाइन्छ कक्षाका बाँकी विद्यार्थीलाई त्यही तरीकाले पढाइएको हुन्छ । यो इक्वालिटी भयो । अहिले विद्यालयमा भइरहेका अभ्यास पनि यही हो । एउटा शिक्षकले कक्षा कोठामा जाँदा शिक्षकले विद्यार्थीलाई सिकाउने सवालमा जलवृष्टि न्याय दिइरहेका छन् । हरेक विद्यार्थीलाई एउटै कुरा दिइराखेकाछौँ । जस्तै गृहकार्य, पुस्तक, प्रश्न, प्रोजेक्ट वर्क आदी । यो इक्वालिटी हो । तर हामीले गर्नु पर्ने चाँहि इक्वालिटी होइन, इक्विटी रहेछ । कुनै विद्यार्थी कक्षा ६ मा भएपनि उसको स्तर ५ कक्षा बराबरको हुनसक्छ । कुनै विद्यार्थी कक्षा ५ मै भएपनि केही बढी जानेको हुनसक्छ । त्यसर्थ सबै विद्यार्थीलाई एउटै कुरा दिइयो भने विद्यार्थीलाई अन्याय हुन्छ । जुन वालिका/वालकलाई जे आवश्यकता हो त्यो शिक्षकले बुझ्न आवश्यक छ । हरेक विद्यार्थीकोे स्तर शिक्षकले चिन्न आवश्यक छ र उसको आवश्यकता अनुसार कसरी सिक्न सक्छ शिक्षकलाई थाहा हुनुपर्छ । यो सँगै विद्यार्थीको पूर्व पृष्ठभूमि पनि थाहा हुन आवश्यक छ । अनि मात्रै शिक्षकले कुन बच्चाका लागि कति समय र के दिने ? कसरी पढाउने ? थाहा हुन्छ ।
शिक्षामा प्रोग्रेसिभ शिक्षण पद्धतिका कुरा गरिरहँदा नेपालमा मुल्यांकन पद्धति कस्तो आवश्यक छ ?
हामीले निरन्तर विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी रुपमा लागु गर्नुपर्छ । अहिले हामीले जसरी निरन्तर मूल्याङ्कनलाई प्रयोग गरिरहेका छौँ, खासमा त्यसरी गर्ने होइन । सिकाइको मूल्याङ्कन रेजा लगाएर हँुदैन । यसले विद्यार्थीले सिकेको आधारमा रेजा त लगाइयो तर त्यसको प्रमाण त छैन । हामीले रेजा लागाएर अभिभावकलाई जानाकारी गराउँदा त्यसले कुनै अर्थ दिँदैन । प्राथमिक तहमा अब हामीले विद्यार्थीले सिक्दा सिक्दै मूल्याङ्कन गर्नुपर्छ । अनि नरेटिभ रिपोर्ट बनाउनु पर्छ । नरेटिभ रिपोर्टले हामीले विद्यार्थीलाई के सिकायौँ ? उसले के सिक्यो? उसलाई कुन कुरा सिक्न कठिनाइ भएको छ ? के कुरा सिक्न बाँकि छ ? त्यो सबै कथाको रुपमा बताउँछ ।
अन्तमा के भन्न चाहानु हुन्छ ?
मलाइ विद्यार्थी भर्ना र शिक्षकको सिकाउने शैलिको वारेमा भत्र मन छ । यी दुबै अभ्यासले मलाइ पिरोल्छ । विद्यालयले साढेँ पाँच वर्षको वालिका/वालकलाई विद्यालयमा ल्याएर प्रवेश परीक्षा लिएर पास र फेल छुट्याउने काम गरिरहेका छन् । यसो गर्नु जायज होइन । यसले वालवालिकामा कत्रो मानसिक असर पु¥याउँछ ? हामीले सोचेका छौ ? कुनै विद्यालयले भर्ना लिन सक्दैन भने लिन्न भन्दा हुन्छ । अन्य विद्यालयले लिन्छ नि । वालिका/वालकले थाहा नपाउने तरीकाले पनि यो सूचना दिन सकिन्छ नि । प्रवेश परीक्षा लिएर, नतिजा सार्वजनिक गरेर, तिमी पास वा फेल भयौ भनेर मानसिक त्रास सिर्जना किन गर्नु ?
एउटा वालिका/वालकले कक्षा कोठामा आइसके पछि उसले जसरी सिक्न सक्छ त्यसरी नै सिक्न पाउँनु उसको अधिकार हो । मैले जसरी सिकाउँछु त्यसरी सिक्नुपर्छ भत्रु हुँदैन । शिक्षकले आफ्नो कक्षा कोठामा विभिन्न शैलि भएका, क्षमता भएका विद्यार्थी छन् र प्रत्येकसँग सिकाई शैलि र क्षमता भएका विद्यार्थीलाई फरक फरक तरीकाले सिकाउनु पर्छ भनेर बुझ्नु पर्छ । शिक्षकले चाहे गर्न सक्छन । यी अभ्यास गर्न कसैले रोक्न सक्दैन । तर शिक्षकलाई पनि स्थानिय सरकार र अभिभावकहरूको प्रोत्साहनको खाँचो छ । सहयोगको आवश्यकता छ । सबै मिले शिक्षामा रुपान्तरण असम्भव छैन ।



