पोखरा/१७ पुस-पोखरा महानगरपालिकाले विद्यालय नै बन्द गरेर पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल उद्घाटनमा उपस्थित हुनका लागि निर्देशन दिएको छ । सबै वडा कार्यलयहरु अन्तर्गतका विद्यालय एंव शैक्षिक संस्थाहरुलाई स्थिानीय बिदा दिँदै शिक्षकहरुलाई अनिवार्य उपस्थित हुनका लागि निर्देशन दिएको हो ।
“उक्त दिन पोखरा महानगर पालिका अन्तर्गत कार्यरत सम्पूर्ण, कर्मचारी शिक्षकहरु अनिवार्य रुपमा उद्घाटन समारोहमा उपस्थित गराउन निर्देशन गर्दछु” पत्रमा उल्लेख गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल उद्घाटनमा व्यापक जनसहभागिता रहोस भन्ने उदेश्यले पोखरा महानगरपालिका भित्रका सम्पूर्ण विद्यालय विदा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले सूचना मार्फत जानकारी गराएका छन् ।





