संस्थागत विद्यालय शिक्षक युनियनको छैटौँ राष्ट्रिय महाधिवेशन जेठ १४ गते हुँदै

काठमाडौँ /१३ जेठ-संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)को छैटौँ राष्ट्रिय महाधिवेशन जेठ १४ गते शनिबार भोलि हुँदै छ । नेपाल संस्कृत संघ कालिकास्थान डिल्लिबजारमा जेठ १४ र १५ गते महाधिवेशन हुन गइरहेको छैटौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिले जनाएको छ ।


इस्टुका महासचिव भोला चालिसेका अनुसार श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्री कुष्ण कुमार श्रेष्ठको प्रमुख अतिथि रहने महाधिवेशनको जेठ १४ गते बिहान १० बजे उद्घाटन हुने जानकारी दिएका छन् ।


त्यसैगरी जेठ १५ गते घोषणा पत्र सार्वजनिक गरीने कार्यक्रम तय भएको जनाए । उनले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयन गर्नेगरी छलफल भइरहेको समेत जानकारी दिएका छन् । अहिले इष्टुको अध्यक्षमा होमकुमार थापा रहेका छन् ।