त्यसपछि २०४४ सालमा सुर्खेतको आदर्श माध्यमिक विद्यालयमा शिक्षक हुन पुगेँ


काठमाडौं/२३ वैशाख-पारीवारिक आर्थिक सम्पन्नता प्रधानपञ्चको छोरो हुँदाहुँदै पनि जुनसुकै कठिनाईको सामना गर्न सक्छु भन्ने आत्मबलसाथ बालक उमेरमा निर्णय गर्न सक्ने व्याक्तिव हुन । सडक बालकको (खाते सरह) जीवन अभ्यास गर्दे गुरुकूल पद्धतिको शिक्षा ग्रहण गरी आधुनिक प्रतिस्पर्धाको युगमा जहाँ रह्यो त्याही नविन सिर्जनाको अभ्यासबाट इतिहास कायम गर्दै वैक्तिक उन्नति होइन देश र जनतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने सोचाइ भएका र उपसचिव पदमा रही काम गरीरहेका छन् । यसै सन्दर्भमा नौ दश वर्षको उमेर सम्म अङ्क चिन्न पनि नसकेको वर्षै एउटै कक्षामा बस्न बाध्य, १२,१३ वर्षको उमेरसम्म शिक्षाको कुनै जग नबसेको अल्लारे ठिटो अहिले मुलुक निर्माणको जनशक्ति विकास र व्यवस्थापनमा अग्रस्थानमा रही प्रयासरत छन् । जीवनलाई शिक्षक, प्राध्यापन, तालीम, प्रशिक्षण, प्रशासन, व्वस्थापन, अनुसन्धान र शिक्षा विश्लेषण र विज्ञका रुपमा सुपरिचित र समर्पित गर्ने व्यक्तित्व शिक्ष मन्त्रालयका उपसचिव रहेका इश्वरीप्रसाद पोखरेलसँग गरिएको संवादको दोस्रो भाग । साथै पोखरेलसँग गरीएको संवाद क्रमश : विभिन्न भागमा प्रस्तुत गर्ने छौं ।


दिल्लीमा अध्ययन, शिक्षा दीक्षा प्राप्ति राजनीतिक पूर्ण निरपेक्ष थियो ?


दिल्लीमा अध्ययनरत भएको बेला मोतीनाथ महाविद्यालयमा अध्ययनरत अग्रज दाजुहरु पुरुषोत्तम पोखरेल, नारायण सुवेदी र हरिहर अधिकारीहरु केही सचेत तथा नेतृत्वमा हुुनुहुन्थ्यो । वहाँहरु संस्कृत पढ्ने नेपाली विद्यार्थीहरुका समस्या र सेवा सुविधाका कुरा लिएर नेपाली राजदुतावासमा बेलाबखत जानु हुँदोरहेछ । युवाहरुको जोश न हो, राजदूतावासको कार्यशैली, पञ्चायती व्यवस्था र शासन प्रणाली प्रतिनै असन्तुष्टि व्यक्त गर्न पुग्नु भएछ क्यार, राजदूत वेदानन्द झा र ती दाजुहरुबीच हातपातकै झडपमा पुगेछ । संयोगले ती तिनै दाजुहरु राजदूतावासबाट भागेर कम्पाउण्ड बाहिर आउन सफल हुनुभएछ ।


राजदूत माथि हातपात तथा राजद्रोहको अभियोग प्रशासनमा दर्ज गरिएछ, पुलिस कलेजमा पुग्यो, दाजुहरु करिब एक हप्तासम्म कहाँ रहे ? कलेजको छात्रावासमा बस्ने हामीलाई कुनै जानकारी रहेन । राजदूतावासबाट भाग्न सफल भएकोले सबै दस्सी प्रमाण सहित प्रकाउ हुन, गर्न मिल्दो रहेनछ । नेपालको कानूनको फन्दाबाट बच्न तथा भारतीय कानूनी आधारमा प्रतिवादी वकिलहरु तयार गरी दाजुहरु कलेजमा आएर पुलिसको हिरासतमा आफैँ जानु भयो ।

त्यतिबेला डा. बाबुराम भट्टराई जेनियूमा र हिसिलायमी दिल्ली विश्वविद्यालय वा कुनै विश्वविद्यालयमा अध्ययन गर्दथिन् । अखिल भारतीय रेडियो प्रसारणमा नेपाली सेवा सञ्चालन गर्ने विष्णु गुरुङ लगायतका व्यक्तिहरु राजनीतिक चेतनाका प्रशस्त धनीथिए । 


त्यतिबेला डा. बाबुराम भट्टराई जेनियूमा र हिसिलायमी दिल्ली विश्वविद्यालय वा कुनै विश्वविद्यालयमा अध्ययन गर्दथिन् । अखिल भारतीय रेडियो प्रसारणमा नेपाली सेवा सञ्चालन गर्ने विष्णु गुरुङ लगायतका व्यक्तिहरु राजनीतिक चेतनाका प्रशस्त धनीथिए । नेपालीहरु बेलाबखत नेपालको पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन चलाउन फिरोज शाह कोटला मैदान, दिल्ली पुरानो पाण्डव कालीन इन्द्रप्रस्थ किल्ला, रामलिला मैदान, अम्बेडकर रंगशाला जस्ता फरक फरक स्थानमा जम्मा हुन्थे । उनीहरुबाट नेपाली प्रवासीहरुको तर्फबाट जुलुस निकालिन्थ्यो । आन्दोलनकारीहरु कहिले एकै ठाउँमा हुन्थे, कहिले तीन चार स्थानमा विभाजित हुन्थे । उनीहरुबाट फरक फरक झण्डा मातहत नारा, माग सहित जुलुस चल्याइन्थ्यो । सबैलाई पायक पर्ने बीचबाटोमा नेपाली राजदूतावास भएको स्थान बाह्रखम्बा रोडमा पस्ने पुरानो किल्ला अगाडिको चोकमा सबै जुलुससहित जम्मा भएर एक दुई घण्टा नारा लगाउँदै हिड्थे र हामी पनि लहै लहैमा जुलुसमा नारा भटाउँदै हिडिन्थ्यो ।


नेपालमा राजनीतिक स्वतन्त्रता, पार्टी स्वतन्त्रता, नागरिक अधिकार,राजबन्दी रिहाइ, भ्रष्टाचारको अन्त, निरंकूश राजतन्त्रविरुद्ध, यदाकदा राजतन्त्रका सदस्यहरुका आचरणका विरुद्ध तथा शासकीय प्रवृत्ति र चरित्र विरुद्धका नाराहरु पनि लगाइन्थे । शायद पाँच वर्षको अवधिमा एक दर्जन पटक म पनि तीविरोध सभा र जुलुसमा सहभागी भएको हुँला ? शिक्षित वर्ग, विद्यार्थी, प्रवासमा बसी राजनैतिक अगुवाइ गर्ने नेताहरु तथा श्रमशील वर्गको जुलुसमा राम्रो उपस्थिति हुन्थ्यो । नेपाली तथा भारतीय महिला, पुरुषका प्रतिनिधि नेताहरु पनि विरोध सभालाई संवोधन गर्न आउथे । ती मध्येका दिल्ली युनिभर्सिटीका……इस्लामभन्ने प्राध्यापकको भाषण साह्रै मन पर्दथ्यो । उनको पहिरन र सादगी साह्रै साधारण थियो । उनी निर्धक्क भारतीय पुलिस, सुरक्षायन्त्र र जनतालाई बुझिने भाषामा भारतीय शोषणतन्त्र र नेपाली जनजीविकाको पक्षको तुलनागर्दै, जनपक्षीय र गरीब निमुखाका पक्षमा हुने शोषण, अत्याचारका विरुद्धमा उत्तेजक भाषण तथा सत्य तथ्यका घटना उजागर बाट ठूलो भीडलाई आकर्षित गर्ने र तालीको गडगडाहट प्रकट गर्ने क्षमता राख्दथे । राजनीतिक बहसमा वाम धारका नेपाली तथा भारतीय नेताहरु पनि यदाकदा यस्ता कार्यक्रमबाट सम्पर्कमा आउँथे ।


म केही राजनीति बुझ्दिनथँे, तर धेरै पटक ती नेताहरु रातोपिरो हुन्जेल विचार, दर्शन, कार्यनीति, रणनीतिको चर्को उच्चारण गर्दै निरन्तर झगडा गर्दथे, विवाद र दर्शनका कुरा म केही बुझ्दिनथेँ, फगत नाम उच्चारण गर्न पनि कठिनहुने विदेशी नेता र उनका राजनीतिक मार्गका बारेमा बहस चाहिँ बेतुकको भएको चालपाउँथे । एकपटकको कुरा हो, फिरोज शाह कोटला मैदानमा विद्यार्थी सम्बन्धी कुनै कमिटी गठन गर्ने कुरा भयो । आश्चर्य लाग्यो, कसैले झगडा गरेन र विमति नजनाइकन सबैले सहमति गरे ।

एकपटकको कुरा हो, फिरोज शाह कोटला मैदानमा विद्यार्थी सम्बन्धी कुनै कमिटी गठन गर्ने कुरा भयो । आश्चर्य लाग्यो, कसैले झगडा गरेन र विमति नजनाइकन सबैले सहमति गरे ।


उक्त कमिटीमा मलाई पनि सहसचिवको पदमा राखियो । कमिटीबारे कुनै विस्तृत छलफल भएन, गरिएन, ११ सदस्यीय अखिल भारतीय नेपाली विद्यार्थी संगठन, दिल्ली एकाइ जस्तो नामको कमिटी गठन भयो भनी पढेर सुनाइयो । त्यसको काठमाण्डौँमा समाचार पठाइएको रहेछ । त्यतिबेलाको गोविन्द वियोगीले सम्पादन गर्ने मातृभूमि भन्ने साप्ताहिक पत्रिका हुनुपर्दछ, त्यसमा सानो बक्समा ११ जना पदाधिकारी सहित मेरो नाम छापिएको समाचार लिएर डा. बाबुराम भट्टराई मोतीनाथ महाविद्यालयमा आउनु भयो, वहाँले यो कमिटी कसरी, कहिले गठनभयो, कसकसले नेतृत्व ग¥यो ? आदि, इत्यादि प्रश्न गर्न थाल्नु भयो ।


मलाई लाग्छ, त्यति बेला नेपालमा माले निकटको विद्यार्थी नेता टंक कार्की रहेछन्, उनको पक्षधर समूहले त्यो कमिटी गठन गरेको रहेछ । जसको सहसचिवको पदमा म आवद्ध हुन पुगेको चालपाएँ । केही समय पछि कार्की दिल्ली पुगे । गठन भएको कमिटीका ११ जनासदस्य सबैलाई जम्मा पारियो । दिल्लीको रमेश नगरको नेहरु पार्क नजिकको कुनै स्थानमा प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम राखियो । यो समाचार बाबुराम भट्टराई कहाँ तुरुन्त पुगेछ, वहाँ दुई चार जना सहयोगी सहित तत्कालै रमेश नगरमा उपस्थित हुनुभयो । सञ्चालन भइरहेको कार्यक्रमलाई बीचमा नै रोकेर नेहरु पार्कमा टंक कार्की र बाबुराम पक्षधरका बीच चर्काचर्की राजनीतिक बहस हुन थाल्यो ।


राजनीतिक चेतना र ज्ञानको अभाव भएपनि यो कुकुरको जस्तो लडाइँ मलाई मन परेन । चर्को आवाजमा दुवै पक्षलाई तिमीहरु राजनीतिक मार्गमा ठिक छैनौँ । जनतालाई झुक्याएर आपसमा लडाएर उल्टो राजाको शासनलाई बलियो बनाउने कामगर्दा रहेछौ । राजाको हितमा काम गर्ने चाकरी बाजहरु, कथनी र करणी फरक भएका तिमीहरु नै रहेछौ भनी आकोश पोख्दै रिसाएको थिएँ । असहमति र विवाद नटुंगाइकन वहाँहरु निस्कनु भयो । राखिएको कार्यक्रमले कुनै गति लिएन । यो घटनापछि म राजनीतिक बहस र कुनै भेला, जुलुसमा नै जानछाडेँ ।

बनारस विश्वविद्यालय र रमाइलो कार्यक्रम हेर्न पाइने लोभ र केही साथीहरुको उक्साहटमा म उक्त सम्मेलनमा गएको थिएँ । स्पष्ट रुपमा भन्दा भारतीय भूमिमा रह्दा आफू कुन समूह र केको आस्था र निकटमा रहेर राजनीतिक मार्गमा प्रवेश गरियो ? राम्रोसंग थाह भएन ।


सन् १९८४ जनवरी तिर दिल्लीबाट बनारसमा गएर चार महिना उतै बसेको थिएँ । अखिल भारतीय नेपाली विद्यार्थी संगठनको सम्मेलन बनारस हिन्दू विश्वविद्यालयमा मार्च महिनामा पहिलो पटक सम्पन्न गरी शंकर पोखरेललाई अध्यक्ष बनाइयो । बनारस विश्वविद्यालय र रमाइलो कार्यक्रम हेर्न पाइने लोभ र केही साथीहरुको उक्साहटमा म उक्त सम्मेलनमा गएको थिएँ ।


स्पष्ट रुपमा भन्दा भारतीय भूमिमा रह्दा आफू कुन समूह र केको आस्था र निकटमा रहेर राजनीतिक मार्गमा प्रवेश गरियो ? राम्रोसंग थाह भएन । तर पञ्चायत र राज शाहीको व्यवस्था ठिक छैन भन्ने भ्रममा धेरै जुलुस र नारामा हिडियो । आज लाग्दछ, दिल्लीमा त्यसरी बाझ्ने र एक आपसमा भिड्नेहरु माले, मसाले, मशाले, माक्र्सवादी जस्ता आधा दर्जनका वामहरु र नेपाली कांग्रेस पक्षधरहरु रहेछन् । यी सबै पञ्चायतको विरोधमा राजनीतिक कार्यक्रम आयोजना गर्थे र सहभागी हुन्थे । तर कुकुर बिरालोको काईकुइँ र ङ्यारङ्ुरको पहिचानका लागि फरक फरक स्थानबाट जुलुस र नारा सञ्चालन हुँदो रहेछ । यसरी गुरुकूल आश्रमको संस्कृत अध्ययन तथा वाम राजनीतिको आकर्षण र सेवा सुविधाको मोहमा नजानिकन लहसिएको अनुभव गर्दछु ।


शैक्षिक क्षेत्र र राजनीतिक क्षेत्रको महत्व तथा मिसमाससित कसरी परिचित हुनु भयो ?


अधिकांश नेपालीको शैक्षिक प्रारम्भ योजनावद्ध हुँदैन । पठनपाठनमा भविष्यको योजना र गन्तव्य निर्धारण विना नै योग्यता मूलक उपाधि प्राप्ति हुन्छ । हातमा योग्यताको प्रमाणपत्र परेपछि मात्र बजारमा कहाँ बिक्न सकिन्छ ? मेरो अध्ययनको विषय कामलाग्ने क्षेत्र कहाँ कहाँ छ ? कुन,कुन क्षेत्रमा रोजगारको अवसर सम्भावना छन् ? खोज्न बाध्य हुन्छ । सिमित अवसरमा प्रतिस्पर्धा गर्न सके अब्बल योग्यता धारी हुन्छ, अन्यथा विषयान्तर भएर वा हराएर प्रमाणपत्र थन्काएर बस्न बाध्यता आइ लाग्दछ ।


दिल्लीबाट फर्केपछि झण्डै एक वर्षको अन्तरालमा जनता विद्यापीठ दांग बिजौरीमा २०४१ चैत्रमा भर्ना भएँ । तत्कालीन भूमिगत राजनीतिक पार्टी नेकपा माले निकटको विद्यार्थी संगठनमा र पार्टीका पक्षमा विद्यार्थी गतिविधि संञ्चालन हुँदा, गर्दा सहभागी भएर दुई वर्ष बिताइयो । यो दुई वर्षको अवधिमा एक पक्षको राजनीतिक पार्टीको संरक्षक विद्यार्थी समूहले अर्को पक्षको विद्यार्थी समूहलाई वशीभूत गर्न गुडा वा काठमाण्डौँबाट गएका झुण्डको सहारा लिएर आक्रमण गर्दो, गराउँदो रहेछ, तीनपटक मरणासन्न हुने गरी आक्रमणमा परेँ । फरक फरक स्थानका झाडीमा फालिएँ, रातभर बेहोसीमा परेर पुनर्जीवन पाएर मात्र विद्यापीठबाट २०४४ सालमा व्याकरण विषयमा शास्त्री परीक्षा दिएर गुल्मी घर गएँ । प्रतिवन्धित पार्टीेको जनपक्षीय उम्मेवाद र गतिविधिका कार्यक्रम सञ्चालन अभियोगमा सहयात्रीहरु २०४४ श्रावणमा पक्राउ परी कारगार चलान भएको तथा मलाई वोरन्ट काटिएको समाचार जेलबाट साथी मेनका पोखरेलले पत्रबाट गराउनु भयो ।

दुई वर्षको अवधिमा एक पक्षको राजनीतिक पार्टीको संरक्षक विद्यार्थी समूहले अर्को पक्षको विद्यार्थी समूहलाई वशीभूत गर्न गुडा वा काठमाण्डौँबाट गएका झुण्डको सहारा लिएर आक्रमण गर्दो, गराउँदो रहेछ, तीनपटक मरणासन्न हुने गरी आक्रमणमा परेँ । 


राजनैतिक वारेण्टले जीवनमा कुनमोड लियो ?


धेरै साथीहरु श्री ५ को सरकारको कर्मचारी हुने उद्देश्यले दांगको तुलसीपुरबाट लोक सेवा आयोगको परीक्षा दिन्थे । सफल हुन्थे र नियुक्त भएर जागीर खान्थे । तर राजाको जागिर खानु दासता हो भन्ने मुर्खता गरियो र कहिल्यै लोक सेवा आयोगमा सरिक भइएन । विद्यार्थी काल सकिएपछि जिल्ला प्रशासन दांगबाट मेरो नाममा पनि १० महिनाको वारेन्ट जारी रहेछ । त्यसलाई छल्न राजनीतिक पार्टी सम्पर्कमा पुग्ने र भूमिगत हुने चलन थियो । भूमिगत जीवनको दोहोरो परिचय, नाम र गतिविधि मलाई पटक्कै मन पर्दैनथ्यो, साँचो अर्थमा करणी र कथनी फरक हुने गर्ने राजनीतिसित मेरो घृणा थियो । सबै खुला र पारदर्शी हुनु पर्दछ र लुकाएर गर्ने कुरा, विचार सल्लाहामा शंका गर्नु पर्दछ भन्ने मेरो मान्यता रहन्थ्यो । त्यसैले आफूलाई खुला राख्ने, खुलेर जीवनमा ठिक र बेठिकको बहस गर्ने, बन्द लुकेको राजनीति नगर्ने निचोडमा पुगेँ ।

सबै खुला र पारदर्शी हुनु पर्दछ र लुकाएर गर्ने कुरा, विचार सल्लाहामा शंका गर्नु पर्दछ भन्ने मेरो मान्यता रहन्थ्यो । त्यसैले आफूलाई खुला राख्ने, खुलेर जीवनमा ठिक र बेठिकको बहस गर्ने, बन्द लुकेको राजनीति नगर्ने निचोडमा पुगेँ ।


फलत : सुर्खेत जिल्लाको गर्पन पञ्चायतको मेहेलीमा सञ्चालित आदर्श माध्यमिक विद्यालयमा २०४४ असौज अन्तिममा शिक्षक हुन पुगेँ । २०४४ असौजको अन्तिम साता देखि जनजागरण ल्याउने उद्देश्यले शिक्षण पेसामा प्रवेश गरेँ । शिक्षा क्षेत्रको महत्व जनता र देश मुखीहुनु पर्दछ भन्ने रह्यो, जुन कुरा आजका मितिसम्म विश्वास गर्दै आएको छु । शिक्षक हुँदा र शैक्षिक क्षेत्रमा भूमिका रुपान्तरण भई शिक्षा मन्त्रालयमा हुँदा समेत जनताको पक्षमा शासन विधान खोई भनी निरन्तर संघर्ष जारी राखेको छु । यसरी शैक्षिक क्षेत्र र राजनीतिक क्षेत्रको प्रयोग जानेर नजानेर विद्यार्थी, शिक्षक तथा कर्मचारी तहबाट मिसमास हुँदै आएको र आफू पनि त्यसको प्रभावमा नराम्ररी फसेको अनुभव गर्दछु । वारेण्ट जेल र नेलको भूँमरीमा फसेको मुलुकको राजनीतिक पार्टी र तिनका नेताहरु मौका पर्नासाथ कमा उननीति र लुटनीतिमा रुपान्तरण भएको देख्दा र बिचौलियाको फन्दामा रमाएको अनुभव गर्दा उर्जाशील समय अध्ययन, अध्यापन, अनुसन्धान र वैयक्तिक उन्नतिमा नलागेकोमा पछुतो मान्दै विगत प्रति लज्जा अनुभव गर्दछु ।


शिक्षण पेसा किन रोज्नु भयो ?


त्यति बेला कम्युनिष्ट पार्टीहरुको नारा हुन्थ्यो, समाज रुपान्तरणका लागि बुर्जुवा शिक्षाको काम छैन, यो शिक्षा प्रणाली जनमुखी छैन र राजा, दरवारिया, शोषक र निश्चित वर्गको पक्षमा मात्र छ । सरकारी जागिरे हुनुको अर्थ राजा र पञ्चायतको चाकरी गर्नु र समर्थक हुनु हो भनिन्थ्यो । कार्यकर्तालाई त्यस्तै प्रशिक्षण र स्कूलिङ्ग हुन्थ्यो । सरकारी दरवन्दीका विद्यालयमा शिक्षक हुनु भन्दा अझबढी आवश्यकता जनताले स्थापना गरेका प्रस्तावित भनिएका विद्यालयहरुमा हुन्छ । त्यहाँ कम तलबभत्तामा काम गर्ने र जनताका घरदैलोमा पुग्ने गर्दा जनता सित सम्बन्ध बढाउन सजिलो हुन्छ, सिकाइन्थ्यो । सरल विधि, प्रक्रियाबाट जनता र विद्यार्थीहरुलाई आफ्नो पेसागत आदर्शबाट वाम राजनीति तिर प्रभावित गर्नु पर्दछ, भन्ने प्रशिक्षण दिने गरिन्थ्यो । बालमस्तिष्कमा छाप पारेको वाम राजनीतिक रणनीति, कार्यनीतिको प्रभावले पनि सरकारी सेवाबाट विमुख बनाएको र शिक्षण पेसामा राजीखुशीले प्रवेश गराएको हुन सक्छ ।


शिक्षण पेसाबाट के पाउनु भयो ?


आफूमाथि जारी भएको वारेन्टको समय सकिएको र काठमाण्डौमा नियमित विद्यार्थी भई स्नातकोत्तर पढ्ने इच्छा तीव्र थियो । यसैले दशैँमा विदा भई घर जाँदा २०४५ साल मंसीरदेखि आफू विद्यालयमा उपस्थित हुन नसक्ने, स्नातकोत्तर अध्ययन गर्न काठमाण्डौँ जाने स्पष्ट जनाउँदिएँ । पहिलो पटक त्रिवि कीर्तिपुर २०४५ मंसीरमा पुगेको भएपनि भारतीय नाकाबन्दीको प्रभावले स्नातकोत्तर भर्ना नै स्थगित रहेछ । त्यसै बेला २०४५ प्रारम्भमा सुर्खेत जिल्ला शिक्षा समितिले खुलाएको माध्यमिक शिक्षक पदको लिखित परीक्षा असौजमा लिएको थियो । त्यसको नतिजा सार्वजनिक भइसकेको र मेरो नाम पनि समाविष्ट रहेको तथा अन्तर्वार्ता शुरु भएको खबर पाएँ ।

त्यसै बेला २०४५ प्रारम्भमा सुर्खेत जिल्ला शिक्षा समितिले खुलाएको माध्यमिक शिक्षक पदको लिखित परीक्षा असौजमा लिएको थियो । त्यसको नतिजा सार्वजनिक भइसकेको र मेरो नाम पनि समाविष्ट रहेको तथा अन्तर्वार्ता शुरु भएको खबर पाएँ ।

शिक्षण पेसामा रह्ने वा अध्ययनमा जाने भन्ने दोधारमा भएपनि अन्तर्वार्ताको अनुभव पनि हुन्छ भनी एक दुई हप्ता काठमाण्डौँमा यताउति घुमेर सुर्खेत नै फर्किएँ । तर दांगको लमही पुग्दा एक जनाले अन्तर्वार्ता सकिएको समाचार दिए । आधाबाटो आइयो, विद्यालयबाट तीन महिनाको तलब पनि पाइएको छैन, एकपटक पुगौँ भनी सुर्खेत नै गएँ । २०४५ पौषको पहिलो साताको अन्तर्वार्ता विविध प्राविधिक कारणले स्थगित भएको रहेछ । जिल्ला शिक्षा अधिकारी हिराप्रसाद ढकालले परीक्षा उत्तीर्ण भएकोमा अग्रिम शुभकामना साथभोलि बिहान ८ बजे अन्तर्वार्ता शुरु भइरहेछ जानकारी दिए । यसरी अन्तर्वार्तामा सहभागी भएर विद्यालयमा हानिएँ ।


शिक्षण पेसा वा अध्ययन के रोज्ने निर्णय गर्नु भयो ?


भाग्य र कर्म मानिसको हातमा हुँदैन । विधाताको खटनपटन र नियमनमा संसार चल्दछ । ठिक त्यस्तै भयो, करीब तीन महिनापछि विद्यालय पुग्दा म धेरै विलखबन्दमा परेँ । आर्थिक संकटले माध्यमिक विद्यालय कक्षा सातमा सिमित भइसकेछ । कक्षा आठ, नौ र दशका कतिपय विद्यार्थीहरु लाखापाखा र धेरै जसो पठनपाठन बन्दहुने अवस्थाले बिलखबन्दमा परेका रहेछन् । बसोबासको विकल्प र घरमा आर्थिक सामथ्र्य भएका विद्यार्थीहरु सदरमुकाम वीरेन्द्रनगर तिरका राम्रा राम्रा विद्यालयमा भर्ना भइसकेछन् ।


तर, अधिकांश विद्यार्थीहरु आर्थिक अवस्था र विकल्प नभएका कारण पढाइको बिटमार्न बाध्यभएको र घर घरमा बस्न थालेको घटना सुनेँ । एक वर्ष अध्यापन गरेको विद्यालयमा आफूले तीन महिनाको तलब पाउनु बाहेक विद्यालय प्रशासन र आर्थिक संकटबारे कुनै जानकारी नभएकोमा धेरै आश्चर्यमा परेँ । दिनहुँ स्थानीय समाजसेवी, वि.व्य.स. पदाधिकारी, केही अभिभावक र विलखबन्दमा परेका विद्यार्थीहरु विद्यालय आउने जाने गर्दा रहेछन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर ढकालको भनाइ रह्यो, शास्त्री जी! समाज रुपान्तरण र प्रगतिशीलका कुरा गर्न, देश र जनताका हितमा कसरी नीति, योजना र कार्यक्रम हुनुपर्दछ ? भनी हामीलाई सचेत बनाउन सधैँ लाग्नु हुन्छ । यो कठिन परीक्षाको घडीमा डुब्न लागेको हाम्रो विद्यालयको भविष्यलाई बचाउन प्रधानाध्यापकको नेतृत्व लिनुहोस् । हामीलाई सहयोग गर्न तपाई तयार हुनुहुन्छ वा हुनुहुन्न ? अध्यक्षका साथै धेरै गन्यमान्यबाट चुनौतीका स्वर गुन्जिए ।

सहारा केही छैन, उपस्थित सबै जना उदास र खिन्न मुद्रामा छन् । कसैको अनुहारमा कुनै प्रकाश छैन । सबै विद्यार्थीका रसिला आँखाले धेरै धेरै भावुक बनायो जता हे¥यो, त्यतै समस्या र आशाले आफैलाई हेरेझैँ लाग्यो । उचित उत्तर कसैसंग थिएन र मसंग पनि । 


सहारा केही छैन, उपस्थित सबै जना उदास र खिन्न मुद्रामा छन् । कसैको अनुहारमा कुनै प्रकाश छैन । सबै विद्यार्थीका रसिला आँखाले धेरै धेरै भावुक बनायो जता हे¥यो, त्यतै समस्या र आशाले आफैलाई हेरेझैँ लाग्यो । उचित उत्तर कसैसंग थिएन र मसंग पनि । बिरानो ठाउँ, जीवनमा कार्यसञ्चालनमा यस्तो समस्या सामना गर्न पर्ला भन्ने कहिल्यैँ नसोचेको । लहै लहैमा राजनीतिक दर्शन फलाक्ने र अर्कालाई स्वर्गको सपना बाड्ने मुर्खता गरिरहेको अनुभवहुन थाल्यो । आफूलाई रोक्न सकिनँ र बाध्यताले एक महिनाको समय दिनुहोस्, विद्यालयको नेतृत्वको बारेमा त्यतिबेला उत्तर दिउँला, तर जे जतिजनशक्ति छौँ ती सबै शिक्षकहरुले आ—आफ्ना विषयको पठनपाठनलाई कक्षा १० सम्म नै निरन्तरता दिन आनाकानी नगरौँ । विद्यार्थी कतिछन् र कस्ताछन् ? भन्ने कुरामा ध्यान नदिऔँ विनम्र अनुरोध गर्न पुगेँ । यसरी कक्षाहरु प्रारम्भ पनि गरिए । तर ……….चुनौती, सफलताका श्रृंखलाहरु अनगिन्ती थिए ।


पोखरेल हाल शिक्षा मन्त्रालयमा उपसचिव छन् । उनीसँगका बाँकी संवाद अर्को भागमा विस्तार गर्ने छौं ।