काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन र स्कूल अफ आर्टसको भवन शिलान्यास

ललितपुर/२३ बैशाख-काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन र स्कूल अफ आर्टस्को संयुक्त रुपमा नयाँ भवनका लागि शिलान्यास गरिएको छ । प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीम प्रसाद सुवेदीले विहान ९ बजेको शुभ साइतमा पू्जा गरी शिलान्यास गरिएको हो ।


विश्वविद्यालय अनुदान आयोगको सहयोगमा हात्तिवन परिसर भित्र निर्माण हुने ब्लक “ए”भवनको उन्नाइस करोड चौरानब्बे लाख एकाउन्न हजार नौ सय तेइस रुपैयामा बन्न लागेको जनाइएको छ ।


दुई वर्षमा कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उक्त भवनको शिलान्यास समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोलाथापा, रजिष्ट्रार प्रा.डा. सुवोद शर्मा र कन्ट्रोलर प्रा.डा. पन्ना थापाको उपस्थिति रहेको थियो । त्यस्तै स्कूल अफ एजुकेशनका पूर्व डीनहरु प्रा.डा. मनप्रसाद वाग्ले र प्रा.डा. टंकनाथ शर्माको उपस्थिति रहको थियो भने स्कूलअफ आर्टस्का पूर्व डीन प्रा.डा.सागर राज शर्मा पनि सहभागी थिए ।


दुबै स्कूलका डीनहरु प्रा.डा. बालचन्द्र लुइँटेल र एकुमाया पुन तथा शिक्षक, कर्मंचारीहरु सहित सहभागिता रहको उक्त अवसरमा शिक्षाविद्हरु प्रा.डा. जयराज अवस्थी र प्रा.डा.गंगाराम गौतम लगायत विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।