कास्की/१२ वैशाख-नेपाली विद्यार्थीहरुलाई नेपालमा एसीसीए अध्ययन सुरुवात गराउने नेपाल कै पहिलो कलेज एनसीए कलेज अफ म्यानेजमेन्टले गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
पोखरामा स्थित फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन र एनसीए कलेज अफ म्यानेजमेन्टको एक कार्यक्रमका विच सम्झौतामा भई एनसीएको पोखरा सम्पर्क कार्यालय स्थापना गरेको जनाएको छ ।
उक्त सहमतिपत्रमा एनसीएको तर्फबाट अध्यक्ष सुरेश पण्डित र फेम एजुकेशनका तर्फबाट प्रिन्सिपल बिजय बरालले सोमबाार हस्ताक्षर गरेका हुन ।
उक्त हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै एनसीए कलेजका अध्यक्ष सुरेश पण्डितले विश्वभरी नै सर्वाधिक लोकप्रिय रहेको एसीसीए कोर्सको बारेमा बुझ्नको लागि विद्यार्थीलाई सुविधा होस् भन्ने उदेश्यले कार्यालय स्थापना गरिएको बताए । त्यसैगरी फेम एजुकेशनका निर्देशक तिलक लामिछानेले आफ्नो संस्थालाई विश्वास गरि एनसीएको सम्पर्क कार्यालय राख्न पाउनु सुर्वण अवसर रहेको बताउदै यस क्षेत्रमा एसीसीए कोर्सको प्रवद्र्धनको लागि आफुहरु प्रतिवद्ध रहेकोमा विश्वस्त रहन आग्रह गरे ।
एनसीए कलेजले नेपाली विद्यार्थीलाई विगत १८ बर्षदेखि निरन्तर रुपमा गुणस्तरिय एसीसीए व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ । साथै सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापनगरि द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले Approved Learning Partner-Gold न्यमिको मान्यता दिएको कलेज हो । शिक्षा मन्त्रालयबाट एसीसीए कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो गोल्ड स्टाटस कलेज हो भने एसीसीए बेलायतको The Association of Chartered Certified Accountants, UK द्धारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।
उक्त कार्यक्रममा एनसीए कलेजका सल्लाहकार एवं जनता टेलीभिजनको शिक्षाकाका कुरा कार्यक्रमका निर्माता एवं प्रस्तोता नारायण आचार्य, फेम एजुकेशनका प्रिन्सिपल विजय बराल, संस्थाका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिति थियो ।



