काठमाडौं /२२ मंसिर-लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ-बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनविचको समझदारीमा ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो ।
मंगलबार समझदारीपत्रमा हस्ताक्षर गर्दे प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहने एक जना छात्रालाई पूर्ण छात्रवृत्ति , १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने जानकारी दिइएको छ ।
समझदारी पत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।
फाउण्डेसनका अध्यक्ष पंकज जलानले चेम्बरसंगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका लागि १ करोड १७ लाख रुपैयाँ को छात्रवृत्ति उपलब्ध गराएको बताए ।
त्यसैगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराइएको र लक्षित बर्गमा सो सहयोग पुगोस भन्नेमा चेम्बर सजग रहेको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए ।



