तस्बिर:एजेन्सी
काठमाण्डौ /२९ कार्तिक –पेरुका राष्ट्रपतिले शिक्षा र स्वास्थ्यमा आर्थिक सहयोग जुटाउन विमान बिक्रीमा राखेका छन् । पेड्रो कास्टिलोले आफ्नो विमान बेचेर स्वास्थ्य र शिक्षाका लागि खर्च गर्ने बताउनुभएको हो ।
आफू निर्वाचित भएको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै उहाँले आफूले प्रयोग गर्दै आउनुभएको विमान बेचेर त्यसको रकम शिक्षा र स्वास्थ्यका लागि खर्च गर्ने बताउनुभएको बिबिसीले जनाएको छ । उहाँले सरकारी अधिकारीहरूलाई प्रथम श्रेणीको उडानमा प्रतिबन्ध लगाउने पनि बताउनुभएको छ ।
यस भन्दा अगाडि पूर्वराष्ट्रपति एलन गार्सियाले यो विमान दुई पटक लिलामी गर्ने प्रयास गरे पनि बिक्रि भएको भने थिएन । विमान बोइङ पुरानो भएको र बिक्रीका लागि प्रस्ताव गरिएको मूल्य दुई अर्ब २० करोड राखिएका कारण पनि सहजै बिक्री नहुन सकने बताइएको छ ।
यसअघि पूर्वराष्ट्रपति अबलेर्टो फुजीमोरीले प्रयोग गर्नुभएको विमान अहिले बिकेको खण्डमा यसको लाभ बालबालिकाको स्वास्थ्य र शिक्षामा जानेछ ।



