शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक ( कार्यतालिका सहित)

काठमाडौँ /२८ कार्तिक- शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक गरेको हो ।


कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ । त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।