मंसिरमा शिक्षकको खुला विज्ञापन गर्ने तयारीमा शिक्षक सेवा आयोग

काठमाडौँ /२३ कार्तिक-शिक्षक सेवा आयोगले १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने तयारी थालेको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको लागि खुला विज्ञापन मंसिरमा गर्ने तयारी थालेको हो ।


आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाका अनुसार सचिवालयले मंसिरमा खुला विज्ञापन गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको र शिक्षक सेवा आयोलाई मंसिरमा खुला विज्ञापन गर्न सुझाव दिएको बताए ।


आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेको कार्तिक महिनामा तयारी पुरा गरी मंसिरमा विज्ञापन खोल्नुपर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । उनले भने “हामि दरखास्त कसरी आव्हान गर्ने भन्ने बारे छलफल गरिरहेका छौं । मेनुअल गर्ने की अनलाईन मार्फत गर्ने यसमा छलफल भइरहेको छ ।”


करीब तिनलाख भन्दा बढी परीक्षार्थी हुने र समन्वय इकाई, शिक्षा विकास निर्देशनालयमा पयाप्त कर्मचारी नभएका कारण कसरी व्यावस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको मरहट्ठाले बताए ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नयाँ पदपूर्तिका लागि सङ्ख्या प्राप्त भइसकेको अवस्थामा अब ढिला गर्न नमिल्ने र त्यसै अनुसार मंसिरमा नयाँ विज्ञापन खोल्नु पर्ने सचिवालयले निर्णय गरेको बताए ।


नयाँ पदपूर्ति प्रक्रियाअन्तर्गत प्राथमिक तहमा सबैभन्दा बढी पदमा नयाँ पदपूर्ति गरिनेछ । जसअनुसार १३,०८५ प्राविमा पदपूर्ति गरिनेछ । त्यसैगरी, निम्न माध्यमिक तहमा २,५९४ र माध्यमिक तहमा १,५४४ शिक्षकको पदपूर्ति गरिनेछ ।