प्रविधि विकासमा योगदान पु¥याएकालाई शिक्षा मन्त्रालयले पुरस्कार प्रदान गर्ने

काठमाडौं/१ असोज-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रविधि विकास विस्तार र उन्नयनमा विशेष योगदान पु¥याएका व्यक्ति वा संस्थाहरुलाई पुरस्कार तथा कदरपत्र प्रदान गर्ने भएको छ ।


मन्त्रालयले विज्ञान पत्रकारितामा कान्तिपुर दैनिकका मणि दाहाल, एरोनोटिकल प्रविधिमा डिपार्टमेन्ट अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ पुलचोकका डा.दिपक प्रसाद शर्मा, अन्तरिक्ष प्रविधिमा प्रा.डा.उदयराज खनाल, जैविक प्रविधिमा प्रा.डा.प्रकार घिमिरे माईक्रोबायोलोजी केन्द्रीय विभाग त्रिवि, विपद न्यूनीकरण सम्बन्धी प्रविधिमा डा.प्रदिप ज्ञवाली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, उदयीमान प्रविधिमा डा.आभाष मास्के, नास्ट लाई जनही २५ नगद राशि र कदर पत्र प्रदान गर्ने निर्णय गरेको छ ।


त्यस्तै बी.पी. कोइराला संग्रहालय, सुन्दरीजल, शम्भु आचार्य, निरीक्षक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, महेश श्रेष्ठ शाखा अधिकृत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, गिता बस्याल मेकानिकल इञ्जिनियर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ,बेद बहादुर भण्डारी प्रविधिक अधिकृत वी.पी. कोइराला मेमोरियल प्लानेटोरियम अव्जरभेटरी तथा विज्ञान संग्रालय, दिनेश कुमार झा प्रमुख वेज्ञानिक अधिकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र मुकुल प्रधान वरिष्ठ वेज्ञानिक अधिकृत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला गरी ७ जनालाई विशेष कदरपत्र प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।