एमफिलमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं/२ भदौ-त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागले एमफिलमा नयाँ भर्नाको आवदन आह्वान गरेको छ । शैक्षिक सत्र ०७८/०७९का लागि जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको एमफिल कार्यक्रममा नयाँ भर्नाका लागि आावेदन माग गरिएको हो ।


स्नातकोत्तर तहमा कम्तीमा द्धितीय श्रेणीमा उत्तिर्ण विद्यार्थीहरुले असोज ४ गते देखि कार्तिक १७ गते भित्र दरखास्त फारम बुझाउन सक्ने छन् ।