सिटिइभिटिको प्रि–डिप्लोमा तहमा पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं/२३भदौ–सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप गरेको छ । शिक्षण संस्थाहरुमा न्यून संख्यामा आवेदन प्राप्त भएका कारण शिक्षण संस्थाहरुबाट आवेदन फारम भर्ने समय थपगरिदिन आग्रह गरिएकाले समय थप गरिएको हो ।


साथै आवेदन फारम भर्ने अन्तिम मिति भदौ २३ गते बुधबारसम्म तोकिएकोमा कोभिड १९ का कारण लामो समयसम्म विभिन्न क्षेत्रमा निषेधाज्ञा रहेको, मुलुकका विभिन्न भागमा बाढी पहिरो गएको र यातायात सञ्चालन नभएका कारण कागजात संकलन गर्न कठिनाई भएको भन्दै समय थप गरिएको हो ।


थपगरिएको आवेदन फारम भर्ने अन्तिम समय असोज ४ गतेसम्म रहेको छ भने शिक्षण संस्थाले शुल्क बापतको रकम बुझाउने अन्तिम मिति असोज ५गते सम्मलाई कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *