स्याङ्जा/२३ भदौ-पुतलीबजार नगरपालिका स्याङ्जाले विद्यार्थी तथा शिक्षकको भौतिक उपस्थितिमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले असोज १ गते देखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
नगर क्षेत्र भित्रका सार्वजनिक तथा संस्थागत विद्यालय सञ्चालन गर्दा विद्यालय व्यावस्थापन समितिको बैठक बसि तथ समुदायमा कोरोना संक्रमणको अवस्था हेरेर नेपाल सरकारद्धारा जारी गरिएको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ बमोजिम सञ्चालनको गर्नुपर्ने जनाएको छ ।
साथै अनिवार्य स्वस्थ्य सुरक्षाका मापदण्ड पालना गर्दे विद्यालयको परिसरमा प्रायाप्त हात धुने ठाउँको व्यावस्था, साबुन तथा स्ेनिटाइजरको व्यावस्था गर्नुपर्ने र धेरै विद्यार्थी भएका विद्यालयमा आलोपाले गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने छ ।
त्यसैगरी विद्यालय परीसरमा प्रधानाध्यापकको अनुमति विना असम्बन्धित व्याक्तिलाई प्रवेशमा रोक लगाउने व्यावस्था मिलाउने र विद्यार्थी शिक्षक तथा समुदायमा कोरोना पुष्टी भएमा तत्काल विद्यालय बन्द गर्नुपर्ने निर्णय गरिएको जनाएको छ ।



