काठमाडौं/१९ भदौ-सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फको अवेदन फारम भर्ने सामय थप गरेको छ । शिक्षण संस्थाहरुमा न्यून संख्यामा आवेदन प्राप्त भएका कारण शिक्षण संस्थाहरुबाट आवेदन फारम भर्ने समय थपगरिदिन आग्रह गरेका कारण समय थप गरिएको हो ।
साथै आवेदन फारम भर्ने अन्तिम मिति भदौ १८ गते शुक्रबार सकिएको र कोभिड १९ का कारण लामो समयसम्म विभिन्न क्षेत्रमा निषेधाज्ञा रहेको, मुलुकका विभिन्न भागमा बाढी पहिरो गएको र यातायात सञ्चालन नभएका कारण कागजात संकलन गर्न कठिनाई भएको भन्दै समय थप गरेको हो ।
थपगरिएको आवेदन फारम भर्ने अन्तिम समय भदौ २८ सम्म रहेको छ भने शिक्षण संस्थाले शुल्क बापतको रकम बुझाउने अन्तिम मिति भदौ २९ गते सम्मलाई कायम गरिएको छ ।




