नेपाल शिक्षक महासङ्घले निर्णायक आन्दोलन गर्ने, पाँचौ चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं/१८ भदौ–नेपाल शिक्षक महासङ्घले निर्णायक आन्दोलन भन्दै पाँचौ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारसँग विभिन्न माग राख्दै आन्दोलन गर्दै आइरहेको महासङ्घले पाँचौं चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।


साथै यस भन्दा अगाडि आन्दोलनका सबै कार्यक्रमहरुमा सक्रिय सहभागिताका लागि शिक्षक कर्मचारीहरुलाई धन्यवाद व्याक्त गर्दे निर्णयक आन्दोलनमा सहभागिताको लागि सबैलाई आग्रह गरिएको छ ।


आफ्ना माग पुरा गरेर मात्रै आन्दोलनबाट फर्किने प्रतिवद्धता जनाउदै पाँचौ चरणको आन्दोलन भदौ २७ देखि कार्तिक २८ गते सम्म गर्ने र आन्दोलन परिणाम नआएसम्म जारी रहने घोषणा गरेको छ ।


जसमा भदौ २७ गते शिक्षा सरोकार पक्षा,राजनैतिक दलको नेतृत्व लगायतसँग केन्द्रिय स्तरमा भौतिक उपस्थितिमा अन्तरक्रिया गर्ने ।


असोज १ गतेदेखि ७ गतेसम्म काठमाडौंमा रिलेअनसनमा बस्ने । असोज १४ गतेदेखि २० गतेसम्म काठमाडौंमा जुलुश तथा विरोध प्रदर्शन गर्ने । प्रदर्शनमा वागमती प्रदेशभित्रका जिल्लाबाट शिक्षक कर्मचारीको सहभागिता गराउने निर्णय गरेको छ ।


त्यसैगरी कार्तिक २८ गतेदेखि देशभरका शिक्षक कर्मचारीहरुको सहभागितामा काठमाडौंमा दैनिक विरोध,जुलुश,धर्ना तथा प्रदर्शन गर्ने आन्दोलन परिणाम नआएसम्म जारी रहने जनाएको छ ।


मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरण बद्ध आन्दोलन गरिरहेको छ ।