काठमाडौं/१९ भदौ-जनक शिक्षा सामाग्री केन्द्रले कक्षा १२ को पाठ्यपुस्तकको मूल्य निर्धारण गरेको छ । केन्द्रले कक्षा १२ को नेपालीको र अंग्रेजी विषयको मूल्य निर्धारण गरेको हो ।
निर्धारण गरिएको मुल्य अनुसार नेपालीको मूल्य रु ७१ र अंग्रेजीको मूल्य रु ११२ राखिएको जनाएको छ । साथै उक्त मूल्य अनुसार बिक्री वितरण तथा खरिद गर्न अभिभावक तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
जनक शिक्षा सामाग्री केन्द्र द्धारा मुद्रित पुस्तक नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रद्धारा स्वीकृत पुस्तक हुन ।



