स्थापनाको ३१ वर्ष पछि प्याब्सनको आफ्नै भवन

काठमाडौं/१७ भदौ-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)ले आफ्नै भवन खरिद गरेको छ । स्थापनाको ३१ वर्ष पछि प्याब्सनले काठमाडौंको तिनकुने, सुविधानगरमा आफ्नै भवन खरिद गरेको हो ।


प्याब्सनको केन्द्रिय कार्यलय रहने उक्त भवन प्याब्सन केन्द्रका अध्यक्ष टीकाराम पुरीको नेतृत्वमा खरिद गरीएको जनाएको छ । लामो समयदेखि आफ्नै भवन निर्माण वा खरीद गर्ने भनिएपनि अहिले सम्म आफ्नै भवन बनाउन सकेको थिएन ।


भवन खरिदमा अहिलेको कार्यसमिति र प्याबसनमा आवद्ध सबै सदस्यहरुको उत्तिकै योगदान रहेको अध्यक्ष टीकाराम पुरीले बताए । उनले भने “दुःख सुख जसोतसो गरेर भएपनि स्थापनाको ३१ वर्ष पछि आफ्नै भवन खरिद गर्न सकेका छौ, यसले आगामि नेतृत्वलाई सहज हुने छ ।”


करिब ६ हजार बढी विद्यालय आवद्ध रहेको प्याब्सनले यस भन्दा अघि डिल्लि बजार स्थित भाडाको घरमा केन्द्रिय अफिस राख्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *