काठमाडौं/१७ भदौ-सिटिइभिटि परीक्षा नियन्त्रण कार्यलयले २८० प्रि-डिप्लोमा तह र २८० डिप्लोमा/ प्रमाणपत्र तहमा निशुल्क अध्ययन गर्ने छात्रछात्राका लागि आवेदन माग गरेको छ ।
देशभरका विपन्न , दलित र मुस्लिम समुदायका छात्रछात्राका लागि विशेष प्राविधिक शिक्षा छात्रावृत्ति कार्यक्रममा भर्ना प्रक्रियाका लागि आवेदन माग गरेको हो ।
आर्थिक वर्ष २०७८ /०७९ को बजेट तथा कार्यक्रममा व्यावस्था भए बमोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकतामा दिने गरी देशभरका विपन्न , दलित र मुस्लिम समुदायका छात्रछात्राहरुबाट प्राविधिक शिक्षा अध्ययन गर्ने परीक्षार्थी छनोटका लागि आवेदन माग गरीएको हो ।




