चिकित्सा शिक्षा आयोगले १५ गतेबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्न

काठमाडौं/१४ भदौ-चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ् प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गर्नका लागि आग्रह गरेको छ ।


चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवारहरुले म्याचिङ प्रणाली द्धारा भर्ना प्रक्रियाका लागि अनिवार्य प्राथमिकता निर्धारण गर्नका लागि आग्रह गरेको हो ।


प्राथमिकम निर्धारण एक पटक मात्र गराइने भएकोले योग्यता क्रममा रहेका सम्पूर्ण उम्मेदवारहरुले अनिवार्य रुपमा प्राथमिकता निर्धारण गर्नुपर्ने छ ।


यसका लागि चिकित्सा शिक्षा आयोगको वेबसाइट https://entrance.mec.gov.np मार्फत प्राथमिकता निर्धारण गरी शिक्षकण संस्था वा शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्नका लागि चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको म्याचिङ प्रणाली सम्बन्धी कार्यविधि २०७८ बमोजिम गरीने जनाइएको छ । प्राथमिकता निर्धारण मंगलबार बिहान १० बजेबाट हुने छ ।