भदौ १५ गते देखि काठमाडौंको गोकर्णेश्वर नगरपालिका विद्यालय सञ्चालन गर्ने निर्णय


काठमाडौं /१३ भदौे-काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको छ । सामुदायिक एव्म संस्थागत विद्यालयका शिक्षक, अभिभावक, राजनितिक दलका पदाधिकारी, वडा अध्यक्ष शिक्षाका पेशागत संस्थाका प्रमुखहरुको बैठकले विद्यालय तथा शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको हो ।


साथै सामाजिक एव्म भौतिक दुरीको पालना तथा सवास्थ्य र सुरक्षाको सबै मापदण्डहरुलाई पालना गरी विद्यार्थी र शिक्षकहरुको भौतिक उपस्थितिमा भदौ १५ गते देखि विद्यालय तथा शिक्षालयहरु सञ्चालन गर्न निर्देशन दिएको शिक्षा,युवा तथा खेलकुद शाखाका उपसचिव विजय प्रसाद आचार्यले जानकारी दिनु भयो ।

त्यसैगरी विद्यार्थीको जिम्मा विद्यालय आफैले लिनुपर्ने, वेञ्चमा त्रिकोण आकारमा विद्यार्थी राख्नु पर्ने , सकेसम्म अभिभावक आफैले बालबालिका ल्याउने लैजाने गर्नुपर्ने र खाना नास्ता घरबाटै लैजानुपर्ने गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।


चालिसेका अनुसार यदी विद्यालयको बस सञ्चालन गर्नु पर्ने भएमा पूर्ण रुपमा सेनिटाईज गरेर एउटा सिट एकजना विद्यार्थीले मात्र प्रयोग गर्ने गरी व्यावस्था मिलाउन निर्देशन दिएको बताए । विद्यालय आउँदा जुन सिट विद्यार्थीले प्रयोग गरिएको छ फर्कदा सोहि सिटमा बस्नुपर्ने छ । बसले दैनिक एकपटक मात्र विद्यार्थी ल्याउने र लैजाने गर्नुपर्ने छ ।


विद्यालय स्वयंले स्वस्थ्य सुरक्षाको भरपर्दो र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्नुपर्ने छ । सो अनुरुपको वातावरण तय भएको नपाइएमा नियमअनुसार कारवाही गरीने जानाएको छ ।