कक्षा १२ को परीक्षामा सहभागि हुने विद्यार्थीलाई खोप लगाउन बोर्डको आग्रह


काठमाडौं /११ भदौ -राष्ट्रिय परीक्षाले कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।


बोर्डले साउन ३१ गतेबाट सञ्चालन हुने गरी तय गरीएको कक्षा १२ को परीक्षा कोभिडका कारण स्थगित गरीएको अवगत गराउदै स्थगित परीक्षा सञ्चालन गर्नुपूर्व परीक्षामा सहभागि हुने १८ वर्ष माथिका विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको हो ।


कोभिड–१९ विरुद्धको खोप लगाउने व्यावस्थाका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थय सेवा विभाग मार्फत सबै स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वस्थ्य कार्यलयहरुलाई परीपत्र समेत भइसकेको हुँदा जिल्ला खोप समन्वय तथा अनुगमन समिति एव्म सम्बन्धित स्वास्थ्य निकायहरुले तोकोको खोप केन्द्रहरुमा प्रवेशपत्र सहित उपस्थित भई कोभिड–१९ विरुद्धको खोप लगाउन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरिएको छ ।


साथै विद्यालयका प्रधानाध्यापक , सम्बन्धित विद्यार्थीका अभिभावक एव्म सरोकारवालाहरुलाई विद्यार्थीलाई खोप लगाउने कार्यमा सरिक हुनका लगाई गर्न आग्रह गरेको छ ।