स्याङ्जा/८ भदौ-स्याङ्जाको दरौ माविले बालबालिकालाई सिकाइ सहजीकरण गर्नका लागि अभिभावकहरुलाई अभिमुखिकरण तालीम दिएको छ । कोभिड-१९ महामारीका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन नसकेपछि अनलाईन मार्फत विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिनका लागि अभिभावकहरुलाई अभिमुखिकरण तालीम दिएको हो ।
बालबालिकालाई अनलाईन कक्षामा निरन्तर उपस्थिति हुनका लागि र अनलाईन कक्षाको प्रभाव,महत्व र यसलाई कसरी प्रयोग गर्ने भन्नेबारे अभिभावकलाई अभिमुखिकरण तालीम दिएको दरौ माविका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए ।
विद्यार्थीको भौतिक उपस्थितिमा पठापाठन सञ्चालन गर्न नसकिरहेको अवस्थामा अनलाईन माध्या प्रभावकारी भएको र विद्यार्थीको शैक्षिक सत्र खेरजानबाट जोगाएको पौडेलले बताए । उनले भने “युगको चाहाना र प्रविधि मैत्री शिक्षाका माध्यमबाट शिक्षामा आउने अपुरणीय क्षतीलाई रोक्न र सवल सिकाइ मार्फत विद्यार्थीहरुलाई थप आकर्षित बनाउन यो पद्धति अत्यान्त प्रभावकारी भएको छ ।”
अनलाइन कक्षा सञ्चालनका लागि सियुजी सिमकार्ड सम्पूर्ण विद्यार्थीहरुलाई उपलब्ध गराई जुम मिटिङ् एप्लिकेशन मार्फत सिकाइ सहजीहरण गर्नका लागि कक्षा १ देखि ५ सम्मका अभिभावक र कक्षा ६ देखि १२ का विद्यार्थीहरुलाई अभिमुखिकरण तालिम दिएर अनलाईन कक्षामा उपस्थित हुनका लागि र सो मार्फत अन्तरक्रियात्मक सहभागीता जनाउन दक्ष बनाईएको शिक्षक दुर्गाबहादुर रोकाहाले बताए ।
कोभिड-१९ महामारीले सबै भन्दा धेरै शिक्षा क्षेत्र प्रभावित भईरहेको अवस्थामा स्याङ्जाको सुदुर पश्चिम क्षेत्रमा रहेको दरौ माविले अनलाईन कक्षा सञ्चालन गरी विद्यार्थीको पठापाठनमा निरन्तरता दिएको छ ।



