काठमाडौं/८ भदौ-स्थगित कक्षा १२ को परीक्षा भौतिक रुपमा नै सञ्चालन गर्न संसदको शिक्षा तथा स्वस्थ्य समितिले निर्देशन दिएको छ । आज शिक्षा मन्त्रालयका पदाधिकारीहरुसँगको छलफलमा भौतिक रुपमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
समितिका सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको खोप लगाएर मात्रै विद्यार्थीलाई भौतिक रुपमा उपस्थि गराई परीक्षा लिने तयारीमा मन्त्रालय रहेको जानकारी दिनुभएको छ । विश्वविद्यालयका तगायत अन्य परीक्षाहरु भईरहेको अवस्थामा कक्षा १२ को परक्षिा पनि स्वस्थ्य मापदण्ड अपनाएर सञ्चलन गर्ने निर्णय गरेको छ ।
छलफल पश्चात मन्त्रालयका सचिव रामप्रसाद थपलियाले दशैंअघि भौतिक उपस्थितिमा परीक्षा लिने तयारी भइरहेको जानकारी दिए । गत साउन ३१ गते देखि सञ्चालन गर्ने भनिएको परीक्षा कोभिड १९ को महामारी संक्रामण बढे सँगै स्थगित गरीएको थियो ।



