राज्यले शैक्षिक परामर्श क्षेत्रलाई गर्ने व्यवहार परिवर्तन गर्न आवश्यक छ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं/२७ साउन- कोभिड -१९ महामारीका कारण विश्व आक्रान्त छ र नेपालमा पनि यसले नराम्रो असर गरेको छ । सबै क्षेत्रलाई यसले प्रभाव परेको छ, सहज रुपमा चल्न सक्ने अवस्था छैन । विद्यालय, विश्वविद्यालय, शैक्षिक परामर्श संस्था लगायत सम्पुर्ण शैक्षिक संस्था र शिक्षासँग सम्बन्धित सबै बन्द छन् । परीक्षा समयमा सञ्चालन हुन सकेका छैनन् । शैक्षिक परामर्श क्षेत्र नेपालसँग मात्र सम्बन्धित नरहेर अरु देशसँग पनि जोडिएको हुँदा अरु व्यवसाय भन्दा अझ बढी प्रभावित भएको छ । शैक्षिक परामर्श क्षेत्रका समस्याबारे राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का सचिव तथा सेन्ट जेभियर्स एजुकेशन कन्सल्टेन्सीका निर्देशक दिपक कोइरालासँग गरिएको संवाद :-


राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले पछिल्लो समय के गर्दे छ ?


अहिले कोभिड-१९ को महामारीका कारण विश्व आक्रान्त भइरहेको अवस्थामा त्यसबाट हाम्रो देश पनि अक्षुतो रहने कुरै भएन । सबै व्यवसाय ठप्प प्राय भएको बेला शैक्षिक परामर्श व्यवसाय पनि यसबाट सबै भन्दा धेरै प्रभावित भएको छ । महामहारीले समग्र शैक्षिक परामर्श क्षेत्रलाई आर्थिक रुपमा निकै कमजोर बनाएको छ । यो अवस्थामा नेकाले आफ्ना सदस्य संस्थाहरुसँग निरन्तर छलफल गर्ने राज्यसँग समस्या राख्ने र परामर्श क्षेत्रमा देखिएका समस्याका समाधान के हुन सक्छन र राज्यसँग कसरी हाम्रा माग पुरा गर्न सक्छौ भन्ने बारे केन्द्रित भएका छौं । साथै महामारीको अवस्थामा आफ्ना समस्याहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ । यो क्षेत्रलाई व्यावस्थित र अनुशासित बनाउन पहल गरिरहेका छौ । साथै करको दायरामा छुट्का लागि कुरा गरिरहेका छौ ।


केहिदिन अगाडि नेका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई भेट्नु भयो , भेटमा के कुरा भयो ?


शैक्षिक परामर्श संस्थाहरुका विभिन्न किसिमका समस्याहरु छन । जस्तै दर्ता प्रक्रियामा भएको समस्या , एनओसिमा देखिएको समस्या , कोभिड -१९ का कारण शैक्षिक परामर्श संस्थाहरु आर्थिक रुपमा समस्यामा परेको कुरा , विभिन्न देशमा जाने विद्यार्थीहरुको समस्या , शिक्षा ऐनमा हाम्रा समावेश नभएका कुरा समावेश कसरि गर्न सकिन्छ लगायतका विभिन्न हाम्रा समस्या र मागहरु प्रधानमन्त्री समक्ष पेश गरेका छौ । साथै राज्यले शैक्षिक परामर्श क्षेत्रलाई गर्ने व्यावहार, हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको र हाम्रो महत्व, भुमिका र हामीले गरेको योगदानका बारेमा जानकारी गरायौ । करिब ४५ मिनेट जति कुराकानि भएको र यस विषयमा समन्वयकारी भुमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको छ ।


शिक्षा ऐन शैक्षिक परामर्शका लागि कस्तो हुनु पर्छ जस्तो लाग्छ ?


राज्यले वनाउने ऐन, नियम, कानुन व्यावसायी मैत्री हुनु पर्छ । खराबलाई दण्डित गर्ने र राम्रो गर्नेलाई उत्साहित गर्ने हुनु पर्छ । त्यसकारण बन्दै गरेको शिक्षा ऐन व्यावसायी मैत्री होस भन्ने हाम्रो चाहाना हो त्यसै अनुसार सरकारसँग कुरा पनि भइरहेको छ । ऐन, कानुन व्यावसयीलाई अफ्ठेरो हुने खालको हुनु हुँदैन । हामीले पहल पनि यसैमा गरिरहेका छौ ।


शैक्षिक परामर्श छाता संगठनहरु अरुपनि छन, नेका अरु भन्दा कसरी फरक छ ?


स्थापनाको दुईवर्षे कार्यकालमा नेकाले आफुलाई शैक्षिक परामर्श व्यवसायीहरुलाई दरिलो साथ दिने संस्थाका रुपमा स्थापित गरिसकेको छ । नेकाले आफ्ना सदस्यहरुलाई उच्च प्राथमिकतामा राखेर उनिहरुका समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने, हरेक कुरामा सहकार्य गर्ने गरेको छ । हामीले सरकारसँग समन्वय गर्न होस वा परामर्श संस्थाहरुको व्यवसायीक स्तर उकास्न होस निरन्तर लागिरहेका छौ । हामी भिड गरेर, ठुला ठुला कुरा गरेर, भाषण गरेर, मनपर्नेलाई च्याप्ने मन नपर्नेलाई वेवास्ता गर्ने जस्ता काम गर्देनौ । हामी हाम्रा सबै सदस्यहरुसँग समान व्यावहार र सक्षम बनाउनका लागि काम गर्छौ । कोभिडले केहि समय असर गर्ला तर हामि निरन्तर लागि रहने छौ ।


अन्तमा विद्यार्थी अभिभावकलाई के भन्न चाहानु हुन्छ ?


सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा के आग्रह गर्न चाहान्छु भने अहिले कोभिडको समयमा विदेश जानेकि नजाने भन्ने कुरामा सबैलाई अन्योल बनाएको छ । कोभिडको अन्त्य कहिले हुन्छ निश्चित छैन । कतिपय देशको अहिले नाका बन्द छन तर जान पाईने देशको सवालमा विदेश जानु अघि सम्बन्धित देशको अवस्था, पढाईको अवस्था वा प्रणाली , तत्काल गईसके पछि बस्न सक्ने अवस्था , कसरी जाने हो र जान पाउने अवस्था जस्ता धरै कुरा बुझेर मात्र जान आग्रह गर्छु । साथि भाईको लहैलहैमा लागेर, कसैले भनेकै आधारमा मात्र नभई आफुले राम्रोसँग बुझेर परमर्श संस्थासँग छलफल गरेर विदेश जानु भयो भने अवश्य सहज हुन्छ । त्यसकारण सत्य तथ्य बुझौ खराब कुराको पछाडि नलागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *