नुवाकोट /२० बैशाख – नुवाकोट आदर्ष बहुमुखी क्याम्पसले अनलाइन कक्षा पनि स्थगित गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै अनलाइन कक्षा स्थगित गरेको सूचनामा उल्लेख छ ।
कामु क्याम्पस प्रमुख भोला प्रसाद पाण्डेले आज एक सूचना जारी गरी बैशाख १६ को सूचना अनुसार क्यम्पसमा अध्ययनरत विद्यार्थीहरुको अनलाइन कक्षा संचालन गर्ने भनिएकोमा स्थानिय प्रशासन द्धारा जारी गरीएको सूचना अनुसार बैशाख २१ गते देखि २७ गते सम्म निषेधाज्ञा जारी गरेको हुनाले सो अवधिभर अनलाइन कक्षा स्थगित गरेको जनाकारी दिनु भएको छ ।




