बुटवल /१० बैशाख – कोरोना संक्रामणका कारण १५ वर्षीया बालिकाको ज्यान गएको छ । दाङको गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीको ज्यान गएको हो ।
बालिकाको शुक्रबार विहान १ बजेतिर उपचारका क्रममा मृत्यु भएको हो । उनलाई स्वास्थ्य समस्या देखिएपछि वैशाख ८ गते उपचारका लागि बुटवल लगिएको थियो । कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो ।



