शिक्षा मन्त्रालय द्धारा नो अब्जेक्सन लेटर दिन बन्द

काठमाडौ/ ८ बैशाख -शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरिएको छ ।

कोभिड १९ महामारी फैलिरहेको सन्दर्भमा नेपालमा समेत संक्रमणको जोखिम बढेको भन्दै विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको हो ।

बैशाख नौं गते विहिवार देखि अर्को सूचना नभए सम्म वैदेशिक अध्ययन स्वीकृतीपत्र दिन बन्द गरिएको हो । तर विदेश अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा भने नो अब्जेक्शन लेटर जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।