वैशाखभर विद्यालय बन्द गर्ने सरकारकाे निर्णय पालना गर्न हिसानको आग्रह

काठमाण्डौं/७ वैशाख– विश्वभर दोस्रो लहरको रुपमा पुनः फैलिएको कोरोना नेपालमा थप फैलन नदिन सरकारद्वारा गरीएकाे वैशाखभर विद्यालय बन्द गर्ने निर्देशनको पालना गर्न हिसानले आफ्ना मातहतका सबै विद्यालय तथा कलेजलाई आग्रह गरेको छ ।


उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले वैशाख मसान्तसम्म प्रमुख सहरका शैक्षिक संस्थाहरुमा भौतिक कक्षा बन्द गरी अनलाईन मार्फत् कक्षा सञ्चालन गर्ने निर्णयानुसार हिसानका सम्पूर्ण सदस्य विद्यालय तथा कलेजहरु सोही अनुसार सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।


साथै, आगामी वैशाख २४ गते देखी सञ्चालन हुने हिसानको केन्द्रीय परीक्षा सरकारले तोके बमोजिमको स्वास्थ्य मापदण्ड पालना गरी स्थानीय निकायसँगको समन्वयमा तोकिएकै समयमा सञ्चालन हुने हिसानका महासचिव लोक बहादुर भण्डारीले जानकारी दिनुभयो ।