ठूला सहरका विद्यालय बन्द गर्न सिफारिस, स्थानीय तहको हकमा स्थानीय तहको निर्णय अनुसार हुने


काठमाडौं /४ बैशाख – सीसीएमसीले ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । आज सिंहदरबारमा बसेको सीसीएमसकिो बैठकले कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

विद्यालयको पढाइलाई वैकल्पिक विधिबाट अगाडि बढाउने विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । त्यसै गरी स्थानीय तहको हकमा प्रदेश र स्थानीय तहले निर्णय गरे अनुसार नै हुनेगरी सीसीएमसीले यस्तो निर्णय गरेको हो ।