रुपन्देही /४ वैशाख – तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भित्रका विद्यालयहरुको वाषर््िाक परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण बढ्दै गए पछि नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले विद्यालयहरुको वार्षिक परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो ।
बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यही वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको हो । साथै वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको छ ।
कोरोना महामारी तीव्र रुपमा बढ्े पछि विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको र परीक्षा नलिँदै विद्यालय बन्द गदार्ए त्यसले विद्यार्थी, शिक्षक, अभिभावक सबैमा नकारात्मक असर पर्ने भएकोले कोरोना सुरक्षा मापदण्ड अपनाई तत्काल परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ ।



