काठमाडौं/ १ बैशाख – शिक्षा तथा मनव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानकोे कार्य अझै नगरेका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई शिक्षक दरबन्दी मिलानको कार्य यथाशीघ्र सम्पन्न गर्न अनुरोध गरेको छ ।
दरबन्दी मिलान तथा व्यावस्थापन कार्यविधि २०७६ अनुसार यो कार्य भएको हुँदा र कैन्द्रबाट विभिन्न मितिमा जारी भएको पत्रअनुसार कतिपय स्थनीय तहहरुले अझै पनि दरबन्दी मिलानको कार्य नै नगरेकाले यथाशीघ्र सम्पन्न गर्न भनिएको हो ।
साथै खुद पुल दरबन्दी रहेका स्थानीय तहहरुमा खुद पुल दरबन्दी बराबरको संख्यामा शिक्षक तलब भत्ता निकासा नगरीएको हुँदा शिक्षक दरबन्दी मिलानको कार्य यथाशीघ्र सम्पन्न गर्न केन्द्रले निर्देशन दिएको छ ।
दरबन्दी मिलानको कार्य सम्पन्न नभएमा खुद पुल दरबन्दीका शिक्षकहरुको तलबभत्ताका लागि सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुने केन्द्रले जानकारी गराएको छ ।



