विद्यालयमा आगलागी हुँदा कक्षाकोठामा थुनिएर २१ बालबालिकाको मृत्यु


नाइजर /१ बैशाख – नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा भिषण आगलागी हुँदा झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।

मङ्गलबार लागेको आगलागीमा कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेर २१ जना बालबालिकाको मृत्यु भएको हो । परालले छाएको विद्यालयका २८ वटा कक्षाकोठामा जलेका छन् । अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याए पनि भयानक तरीकाले विद्यालयमा आगलागी भएकाले सबै बालबालिकालाई बचाउन नसकिएको र उनीहरु भाग्न पनि सकेनन्, उनले भने ।

विद्यालयमा आगलागी शुरु हुँदा बालबालिका कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । तर,आगलागीको कारण थाहा हुन सकेको छैन । प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै विद्यालयकोे निरीक्षण गरेका थिए ।

अफ्रिकी मुलुक मध्ये नाइजर विश्व मानव विकास सूचकाँकमा सबैभन्दा गरिब मुलुकमा पर्दछ । विद्यालयमा धेरै बालबालिका भुईमा बसेर पढ्ने यो देशमा अधिकांश विद्यालय परालले छाएर बनाएका छन् । स्रोत : बीबीसी