काठमाण्डौं/२० चैत- त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयबाट स्नातक तह बी.एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षा केन्द्र परिवर्तन भएकाे छ ।
चैत २१ गते शनिबार सञ्चालन हुने साे प्रवेश परीक्षा सञ्चालन केन्द्र विशेष कारणवश परिवर्तन गरिएको कानून संकाय डीनको कार्यालयले जनाएको छ ।
बिहान ११ः ०० बजेदेखी २ः०० बजेसम्म सञ्चालन हुने सो परीक्षाको परीक्षा केन्द्र निम्नानुसार परिवर्तन भएको छ ।




