विद्यालय बन्द तर ट्युशन खुल्ला

गुल्मी/२० चैत- गत मंगलबारदेखी चार दिनसम्म वायु प्रदूषणका कारण सरकारको निर्देशनानुसार देशभर विद्यालय बन्द भए पनि गुल्मीमा विद्यालयकै कक्षा कोठामा ट्युसन सञ्चालन भईरहेकाे छ ।


गुल्मीको सदरमुकाम तम्घासमा विद्यार्थीहरु अनौपचारिक पोसाकमा विद्यालय जाने गरेको पाईएको छ । तीमध्ये कोही विद्यालयभित्र त कोही शिक्षक बस्ने घरभित्र गई समेत पढ्ने गरेका छन् ।


पहाडी जिल्लामा वायु प्रदूषणको खासै असर नपर्ने भएकोले विद्यालय बन्द गराउन आवश्यक नरहेको त्यहाँको सरोकारवालाको भनाइ छ ।


कोरोना संक्रमणका बेला धेरै बिदा भईसकेको र अहिले पनि वायु प्रदुषणका कारण सबै ठाउँमा विशेष गरी पहाडी जिल्लाको हकमा सरकारद्वारा विद्यालय बन्द गर्नुकाे कुनै अर्थ नरहेको उनीहरु बताउँछन् ।


त्यसक्षेत्रभित्र कतिपय सामुदायिक विद्यालयले निःशुल्क ट्युसन चलाएको भए पनि अधिकांश शिक्षकले बिदामा सरकारी तलवसँगै ट्युसनको दोहोरो कमाई गर्ने अवसर पाएको स्थानीय सरोकारवाला बताउँछन् ।