सुर्खेत /१० चैत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका बीच सम्झौता भएको छ ।
आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरणमा सहयोग पु¥याउनका लागी कार्यक्रमको आयोजना गर्दै गत शनिबार सम्झौता सम्पन्न भएको हो ।
कार्यक्रममा मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाहीलगायत नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रानुसार आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुने छ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख छ ।
सो कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



