कोरोना महामारीको समयमा समेत शुल्क असुलेको भन्दै विद्यार्थी आक्रोशित

सुनसरी/६ चैत– सुनसरीको इटहरीमा रहेका निजी विद्यालयहरुले कोरोना महामारीको लकडाउनको समयमा समेत पढाईको शुल्क असुल्न खोजेको भन्दै त्यहाँका विद्यार्थी आक्रोशित भएका छन् ।


इटहरी उप–महानगरपालिको शिक्षा शाखाले पाँच महिनाको शुल्क मिनाहा गर्न निर्देशन दिए पनि हिसानले सो निर्देशनविपरीत शुल्क उठाएकोमा विरोध जनाएका छन् ।


कक्षा ११ र १२ विद्यार्थीहरुले विद्यालयले शुल्क असुलेको विरुद्ध आज केहीबेर सडक जाम गराएर आन्दोलन समेत गरेका छन् ।