काठमाण्डौं/६ चैत– त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले गत चैत्र तीन गते सञ्चालन गरेको बिटेक फुड टेक्नोलोजी कार्यक्रमको प्रवेश परीक्षा २०७७ को नतिजा प्रकाशित गरेको छ ।
संस्थानले नतिजा मेरिट बेसिसका आधारमा प्रकाशित गरिएको जनाएको छ ।
सोहीका आधारमा विद्यार्थीले भर्ना गर्नुपर्ने प्रवेश परीक्षा समन्वय समितिका सदस्य सचिव सह प्रा.डा. खगेश्वर मण्डलले जानकारी दिएकाे छ ।




