सहीद तथा द्धन्द्धपीडितका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन माग


काठमाडौ /४ चैत – विश्वविद्यालय अनुदान आयोगले सहीद तथा द्धन्द्धपीडितका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न प्रदान गरीने छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

छात्रवृत्ति निर्देशिका २०७६ बमोजिम न्युनतम योग्यताका आधार पुरा गर्ने स्नातक तहका प्रथम वर्ष सेमेस्टरमा अध्ययनरत इच्छुक विद्यार्थीबाट छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

छात्रवृत्तिका लागि आवदेकले आयोगको वेब साइट मा राखिएको छात्रवृत्तिसंग सम्बन्धित अनुसूचि १ अनुसारको ढाँचामा निवेदन फारम भरि आवश्यक आगजात सहित अध्ययनरत क्याम्पस,विभागमा पेश गर्न भनिएको छ ।आवेदन २०७८ /०१/ ०३ गते भित्र कार्यलय समयभित्र पठाइसक्नुपर्ने छ ।