काठमाडौ /२ चैत – शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जिल्ला भित्रका सबै स्थानीय तह र सबै सामुदायीक विद्यालयलाई करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको छ ।
शिक्षकको अनिवार्य अवकाश र करारमा नयाँ शिक्षक नियुक्ति विचको अवधि धेरै लामो हुन गई विद्यार्थीको शिक्षण सिकाइमा असर परिरहेको अवस्थालाई मध्यनजर गरी करार शिक्षक नियुक्त गर्न निर्देशन दिएको हो ।
साथै सम्वन्धित विद्यालयहरुले अवकाश हुन कम्तिमा एक महिना अघि देखि नै करार शिक्षक नियुक्ति प्रकृया सुरु गरी शिक्षकको अवकाश र करारमा नयाँ नियुक्ति एकै साथ हुने गरी व्यावस्था मिलाउन सबै स्थानीय तह र सबै सामुदायीक विद्यालयलाई आग्रह गरेको छ ।



