काठमाण्डौं /२ चैत्र– नेपाल शिक्षक महासंघको विशेष राष्ट्रिय परिषद्बाट आगामी दिनमा कुनै पनि तहका समीतिमा सेवा निवृत्ति व्यक्ति रहेको भए निज स्वतः पदमुक्त हुने निर्णय गरेको छ ।
महासंघको विशेष राष्ट्रिय परिषद््ले कुनै पनि समीतिमा रहेका त्यस्ता पदाधिकारीलाई पदमुक्त गराई उक्त स्थानमा सम्बन्धित संस्थाबाट कार्यरत शिक्षकको नाम सिफारिस प्राप्त गरी पदपूर्ति गर्न निर्णय गरेको हो ।
साथै, रिक्त भएका पदको सम्बन्धित संस्थाबाट पदपूर्ति नहुञ्जेल विधान बमोजिम रिक्त पदभन्दा ठीक तल्लो तहको पदाधिकारीबाट कामकाज गराउने भन्दै महासंघले सबै प्रदेश,जिल्ला र स्थानिय समितिहरुलाई परिपत्र जारी गरेको छ ।
त्यस्तै, महासंघले सबै तहका समितिको कार्यकाल फागुन २९ गतेदेखि लागू हुने गरी ६ महिना थप गरिएको छ ।
यसका साथै, सबै सहमति सम्बोधन हुने गरी राष्ट्रिय शिक्षा ऐन जारी गराउनका लागि कडा पक्षीकरण गरिनुका साथै आवश्यक परे निकट भविष्यमा आन्दोलन का कार्यक्रम समेत अघि बढाईने परिपत्रमा उल्लेख छ ।



