भक्तपुर/३ चैत्र– भक्तपुरमा अपांगता भएका विद्यार्थीहरुलाई ह्वीलचियर लगायत अन्य विभिन्न सामग्री वितरण गरिएको छ ।
ईन्द्रायणी पीठस्थित समुदायमा आधारित पुर्नस्थापना संस्था अर्थात् सिविआरलाई रोटरी क्लब अफ भादगाउँले भक्तपुरले सोमबार विभिन्न सहयोगी सामग्री प्रदान गरेको हो ।
सिविआर संस्थामा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुलाई ह्वीलचियर २५ थान, ट्वाईलेट चियर २५ थान, २५ थान वाकर स्टिक, २५ थान बैशाखी लगायतका सामग्री उपलब्ध गराएको रोटरी क्लव अफ भादगाउँका अध्यक्ष प्रकाश थापाले बताएका छन् ।
क्लबले विपदका बेला गरिब तथा असहायहरुलाई विभिन्न कार्यक्रम गरी निरन्तर सहयोग प्रदान गर्दै आएको पनि उनले जिकिर गरे ।
साथै, समुदायमा आधारित पुनस्र्थापना संस्था भक्तपुर (सिविआर) का संयोजक सुरेश प्रधानले करिब एक हजार जनालाई सिविआर ईन्द्रायणी पीठलगायत विभिन्न विद्यालयमा अध्यापन गराईरहेको बताए ।
हालसम्म क्लबबाट अपांगता भएका करिब ४ हजार जनालाई शिक्षा दिईसकेको उनले जानकारी दिए ।



