विश्व प्रतिस्पर्धाका लागि विद्यार्थीहरुले इलेक्ट्रिकल भेइकल बनाउने

काठमाण्डौं/२ चैत्र– काठमाण्डौंको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले इलेक्ट्रिकल भेइकल (इभी) बनाउने भएका छन् ।
आगामी सेप्टेम्बरमा आयोजना हुन लागिरहेको विश्व प्रतिस्पर्धाका लागि गोल्छा ग्रुपको सि.एस.आर कम्पनीको सहयोगमा विद्यार्थीहरुले इभी बनाउने भएका हुन् ।
विद्यार्थीहरुले कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग अर्थात् फ्रेम बनाउने काम बाँकी रहेको जनाउंदैे अहिले गाडीको चेसिस मात्र तयार भएको बताएका छन् ।
‘सिरेटो’ नाम दिइएको सो टिमले प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै बढी भन्दा बढी माइलेज दिने योजनाका साथ गाडी बनाउन लागेको जानकारी दिएको छ ।
सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिने हुँदा सोहीअनरुप विद्यार्थीहरुले पनि तयारी गरीरहेका छन् ।