पुस १ गतेदेखि एन–प्याब्सन काठमाडौंको खेलकुद महोत्सव


काठमाडौं/२९ मंसिर– पुस १ गतेदेखि निजी विद्यालय छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन–प्याब्सन) काठमाडौंको आयोजनामा तेस्रो एन–प्याब्सन सप्ताह व्यापी खेलकुद महोत्सव २०७६ आयोजना हुने भएको छ ।
प्रतियोगितामा जुनियर फुटसल, टेबल टेनिस, सिनियर बास्केटबल, सिनियर क्रिकेट, छात्रा ब्याटमिन्टन लगायतका खेलहरु खेलाइनेछ भने ५ हजार भन्दा बढी विद्यार्थीले सहभागीता जनाउने एन–प्याब्सनले बताएको छ । प्रतियोगितामा एन–प्याब्सन काठमाडौंमा आवद्ध सदस्य विद्यालयका विद्यार्थीहरुको सहभागीता रहनेछ ।
एन–प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुलीले खेलकुद प्रतियोगिताले समंग्र राष्ट्रकै खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।
टुँडिखेलमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा २ हजार भन्दा बढी विद्यार्थीहरुको मार्च पास सहित महोत्सवको भव्य उद्घाटन गर्ने छन् । कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा हुने एन–प्याब्सनले जनाएको छ ।