एमबीए पढ्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिउ


राम प्रसाद पौडेल
म्यानेजमेन्ट कन्सलटेन्स्

काठमाडौं /२८ मंसिर- नेपालमा शैशिक चेतनाको विकासक्रमको अध्ययन गर्दा हामीले निकै अगाडीको पुस्ताको अध्यन गर्नु पर्ने हुन्छ । स्कुल प्रणालिबाट सुरु भएको हाम्रो शिक्षा, अहिलेको समयसम्म आईपुुग्दा धेरै परिर्बतन भएको छ ।. बदलिदो विश्व परिभेषमा धेरै शैशिक सस्थाको माध्यमबाट शैशिक कार्यक्रमहरुको निर्माण भई समय सापक्ष्य शिक्षा प्रदान गर्ने प्रणालीको बिकास भएका छन् । नेपाल संगै बिकासको पाइला अघि सारेका देशहरु आज निकै माथिल्लो स्थरको बिकाशको कसिलो मिसनमा छन् । भएका साधनहरुको सहि पहिचान र व्यवस्थापन गरि सम्पन्न हुुदै गएका छन् र व्यवस्थापकिय ज्ञानको बिकाशमा छन् । व्यवस्थापन विषयको शिक्षामा धेरै लामो समयदेखि अत्यधिक लगानी गरिरहेका छन । नेपालमा ब्यवस्थापन शिक्षाको सुरु त्रिचन्द कलेजबाट भएको थियोे ।
२०११ सालमा प्रवीणतातहमा सुरु भएको ब्यवस्थापन शिक्षा त्रिभुवन बिश्वबिद्यालयको स्थापना सँगै वि.स. २०१६ सालमा व्यवस्थापन शिक्षामा पनि स्नातकोत्तर स्तरको पढाई सुुरु भएको हो । यस सँगै सन् १९९३ सालमा काठमाडौ बिश्वविद्यालय र पुर्वाञ्चल बिश्वविद्यालयको स्थापना गरि व्यवस्थापन शिक्षालाई शुुरु गरेका छन । २०१० मा स्थापना भएका सुुुदुुर पश्चिम तथा मध्यपश्चिम विश्वविद्यालय हरु पनि व्यवस्थापन शिक्षामा अग्रसर देखिएका छन् । व्यवस्थापन शिक्षा कुनै पनि देशका दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रमका रुपमा लोकप्रिय छ । ठूला सघं संस्थामा रोजगारी सुुरक्षित गर्नेै देखि आफै उद्यमी बन्न सीकाउने व्यवस्थापन शिक्षाले देशकोे आर्थिक विकासमा युवा जनशक्तिलाई सम्मिलित गराउन निकै ठूलो योगदान पुुु¥याएको छ ।
अहिलेको विश्वव्यापीकरण तथा प्रतिस्प्रधात्मक बिश्व परिवेशमा व्यवस्थापन शिक्षाका विविध पक्षहरुमा व्यवस्थापकिय शिपको बिकास गर्न अपरिहार्यता बनेको छ । कुनै काम गर्न आफैमा सकरात्मक हो तर त्यही काम कम आर्थिक लगानी र समयमा सबैभन्दा राम्रोसंग गर्न सक्नु नै व्यवस्थापन शिक्षाको सिकाई हो । व्यवस्थापन शिक्षा कार्यक्रमको लोकप्रियता बिश्वमै बढ्दो छ । साना तथा ठुला व्यापारिक धरानाहरुको सन्चालन तथा व्यवस्थापन चनौतिपर्ण भईरहदा, कार्यक्रमको उत्पादन गर्ने जनशक्तिm दक्ष तथा प्रतिस्पर्धी हुुन जरुरी छ ।


MBA अध्ययनबाट नीम्न फाईदाहरु हन्छन् ।


१. व्यवसाय संचालन गर्ने सिप सीक्नयदी तपाईले आफ्नो व्यवसाय संचालन गर्न चाहानुु हुन्छ भने MBA कार्यक्रम तपाईकालागि राम्रो छनोट हुन सक्छ । यो विषयले व्यावसायलाई कसरी सफल र प्रतिसप्रधी वनाउने भन्ने कुरामा राम्रो ज्ञान दिन्छ ।
२. साना तथा ठुला व्यवसायमा रोजगारिको संरक्षित गर्न MBA कार्यक्रमले संस्था संचालन विधि तथा प्रकृया, समस्याहरुको समाधान, कर्मचारी तथा सरोकालवालाहरुको व्यवस्थापन, वित्तिय व्यवस्थापनका साथै अन्य विषयहरुको गहिरो शिक्षा प्रदान गर्दछ । ठुला तथा साना व्यवसायहरुले यस्ता कामहरुकालागि उत्तम जनशक्तिलाई जीम्मेवारी दिन चाहन्छन ।
३. व्यवसायिक जोखिम चुनौति र अवसरहरुलाई सहि तरिकाले पहिचान गर्न MBA शिक्षाले विद्यार्थीहरुलाई ब्यापारिक अवसरहरु कसरी पहिचान गर्ने , जोखिमको कसरी न्युनिकरण गर्ने तथा ब्यावसायीक सफलताका रणनितिक कार्यक्रम तथा नितीहरु के हुन्छन् भन्ने कुराको ज्ञान दिन्छ ।
४. सकारात्मक सञ्चार सिपको वीकास गर्न MBA कार्यक्रमले विद्यार्थीहरुको सञ्चार सिपलाई राम्रो बनाउनका लागि सहयोग गर्छ । यसले गर्दा ब्यावसायिक जीवनमा सफल हुनका लागी सहयोग पुग्छ ।
५. ब्यावसायिक अनुशासनवद्यार्थीहरुको २ बर्ष सम्मको अध्ययनमा विभिन्न तालिमहरुको माध्यमबाट र पाठयक्रमबाट तथा अन्य कार्यक्रमहरु मार्फत अनुशासनमा राख्न र रहन सिकाउँछ ।
६. समयको सहि व्यवस्थापनसमय सबैभन्दा मुल्यवान वस्तु हो । MBA कार्यक्रमको अध्ययनको अवधिमा समयको कसरी सही व्यवस्थापन गर्न सक्न्छि भने कराको रामा्रे ज्ञान लिन सकिन्छ ।
७.व्यावसायिक साथिहरुसंगकोे सञ्जाल विस्तार MBA कार्यक्रममा पढ्ने विद्यार्थी एक जिम्मेबार व्यतिm हुन्छ । कतिपयका आप्mनै व्यवसाय हन्छन् भने कसैका नयाँ ब्यबसाय गर्ने सोच हुन्छ । यि सवैको मिलन बाट नयाँ सोच र व्यवसायको साझेदारी हुन सक्छ र यो ठलो अवसर बन्न सक्छ ।
८. पदोन्नतीलामो समयदेखि संस्थामा पदोन्नती नभएको खण्डमा कार्यक्रमको उपाधिले अवसरको ढोका खोल्न सक्छ । शैक्षिक योग्यताको वृद्धि संगै अन्य संस्थाहरुमा पाईने अवसरहरु पनि हासिल गर्न सकिन्छ ।

कलेज,कसरी छनोट गर्ने


MBA व्यवस्थापन शिक्षा अन्र्तगत एक उच्च अध्यायन मानिन्छ । यसले विद्यार्थीहरुलाई व्यक्तिगत , व्यवसायीक हुदै सामाजिक रुपमा स्थापित हन सहयोग गर्छ । यद्धपी कस्तो कलेज छनोट गरिन्छ भन्ने कुरा महत्वपर्ण हुन्छ । कलेज छनोट गर्दा निम्न कराहरुमा ध्यान राख्नु आवश्यक छ ।
१. कलेजको शैक्षिक प्रतिष्ठा आफुले पढ्ने कलेजको शैक्षिक प्रतिष्ठा राम्रोछ कि छैन भन्ने करा अध्ययन गर्नुपर्छ । यसले कस्ता प्रध्यापकहरुले कलेजमा अध्यायन गराउँछन् भन्ने कराको पुष्टि गर्छ । खास गरेर व्यवसायिक प्रध्यापकहरुको पढाई राम्रो मानिन्छ ।
२. विश्वविद्यालयको सम्बन्धनकलेजले कुन विश्वविद्यालयको सम्बन्धन प्राप्त छ भन्ने कुरा ख्याल गर्नु पर्छ । नेपालको सन्र्दभमा नेपाली विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा पढ्न उत्तम मानिन्छ । जसमा पछि आउन सक्ने शैक्षिक समस्याहरुको न्युनिकरण गर्दछ ।
३. अध्यापकहरुको योग्यता र अनुभव कलेजको शैक्षिक जनशक्तिm को विवरण थाहा पाएर निर्णय लिदा राम्रो हुन्छ । सफल र अनुभवि अध्यापकहरु संगको मिलनले राम्रो व्यक्तित्व निर्माण गर्ने अबसर मिल्छ ।
४ खोज तथा अनुसन्धानकलेजले अनुसान्धानमा के कति प्राथमिकता दिएको छ र कस्ता कस्ता अनुसन्धान गरेको छ भन्ने जानकारि लिन जरुरी छ । यस्ता खोज तथाअनुसन्धान कार्यहरुमा विद्यार्थीहरुको संलग्नताले व्यवसायिक सिप विकासमा सहयोग गर्छ ।
५. कलेज संचालक कलेज संञ्चालक कस्तो पृष्ठभूमीका छन् भन्ने कुराको हेक्का राख्नु पर्छ ।
६. कार्यक्रम सञ्चालक तथा संयोजक व्यत्तिकार्यक्रम संचालन गर्न निकै चुनौतिपुर्ण हुन्छ । यसको संचालक तथा संयोजक व्यति र अनुभब के कस्तो छ बुभनु जरुरी हुन्छ ।
७ व्यापारिक धारणाहरुसंगको सम्बन्धकार्यक्रम संचालन गर्ने संस्थाले व्यापारिक घरानाहरुसंगको सम्वन्धलाई प्राथमिकता दिनु पर्दछ । विद्यार्थीहरुको रोजगारिको लागि यसले सहयोग गर्दछ ।
८. विगतको सफलता वीद्यार्थीहरुको शैक्षीक तथा व्यवसाईक सफलता के कति प्राप्त गरेका छन त्यो बुझ्न जरुरी हुन्छ ।
९. तालिम, गोष्ठी तथा सेमीनारतालिम, गोष्ठी तथा सेमीनार कार्यक्रमहरु संचालान गर्न जरुरी छ जसले विद्यार्थीहरुको व्यावसायीक सोचलाई बृद्धी गदर्छ ।
१०. कलेजले के कस्ता छात्रावृत्ति प्रदान गर्दछ भन्ने बिषयमा हेक्का राख्नु पर्छ । यसले आर्थिक भार कम हुन्छ र व्यक्तित्व निर्माणमा पनि सहयोग गर्दछ ।
११ कार्यक्रम को शुुल्क । धेरै शुल्क हुदैमा कार्यक्रम राम्रो हुन्छ भन्ने हुदैन । आर्थीकरुपमा आफुलाई सहज कलेज छनोट गर्नु पर्छ ।
१२. राष्ट्रीय तथा अन्तराष्ट्रिय सम्बन्ध कलेजले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा कस्ता संघ संस्थाहरुको आपसी सहयोगको सञ्चालनमा जोडेको छ भन्ने कुराको अध्यायन गर्नु पर्छ ।
१३. कलजेको भौतिक पुर्वाधारकलजेको राम्रो भौतिक पुर्वाधार अत्यावश्यक हुन्छ । विभिन्न कार्यक्रमको संचालन गर्नका लागि र कक्षा संचालनकै लागि पनि भौतिक पुवार्धार राम्रो हुन जरुरी छ ।


MBA सकेपछि


MBA सकेपछि धेरै अवसरहरुको बाटो खुुल्ला हुन्छ । आफै व्यवसाय संचालन गर्ने देखी राम्रा रोजगारी पाउने अबसरहरु हुन्छन ।
१. बैक तथा बित्तीय सघं संस्थाहरु
२. सरकारी संस्था तथा गैरसरकारी संस्था
३. साना तथा ठुला व्यापारिक घरानाहरु
४. आयात निर्यातका व्यवसायहरु
५. परामर्शदाता
६ .होटेल तथा पयर्टन व्यवसाय